Author: महेन्द्रनगर पोष्ट

एसआर भट्ट, काठमाडौं: नेपालमा गणतन्त्र स्थापनादेखि नै राजसंस्थाको नारामा पूर्णविराम लागेको छैन। केही न केही माध्यम, कुनै न कुनै व्यक्ति तथा समूह र पार्टीहरुले राजतन्त्रको वकालत गर्दै आएका छन्। तर, पछिल्लो समयमा भने यो राजसंस्थाको नाराले व्यापकता पाएको छ। अहिले विभिन्न समूह र केही राजनीतिक पार्टीहरु राजतन्त्रसहितको संविधान माग गर्दै सडकमा उत्रिएका छन्। केही समय अगाडि मात्रै पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा पुगेका थिए। पूर्व मेचीदेखि पश्चिम महाकाली पुगेका पूर्व राजाले त्यहाँ आयोजना गरिएका कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए। त्यसपछि नै अहिले राजसंस्थाको नाराले व्यापकता पाएको हो। राजासहितको संविधान माग गर्दै नागरिक समाज पनि सडकमा…

Read More

धनगढी: कैलालीमा जीपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका– ४ खैरेनामा प्रदेश३ ०१–०२४ च ५१४८ नम्बरको जीपले से ३ प ८९२५ मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका– ९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्का रहेका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो। जीप र चालक गोदावरी नगरपालिका– १ बस्ने ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरका ३५ वर्षीय शंकरदत्त भट्ट पक्राउ परेका हुन। भट्टले चलाएको से७प ८७१ नम्बरको मोटरसाइकलमा भन्सार छलीका अन्दाजी एक लाख नौँ हजार मुल्य बराबरका चिनी, मैदा फेला पारि मोटरसाईकलसहित बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बनसाहबाट खटिएको संयुक्त प्रहरी टोलीले सामानसहित भट्टलाई पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे। टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ। केहीदिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका थिए।  उनी अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा  उपचार गरी फर्केका थिए।

Read More

स्याङजा: स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। गएराति पुतलीबजार नगरपालिका १० सिद्धार्थ राजमार्गको राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार गिरीको मृत्यु भएको हो। चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिएम। उनको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारि रविन्द्र खनालले जानकारी दिए। स्कार्पियो चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको महाभारत क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना सुनाएका हुन्। ‘डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई प्रदेश संरक्षण क्षेत्र घोषणा गरी एकीकृत संरक्षण तथा विकास योजना तयार पारिनेछ,’ उनले भने। उनका अनुसार महाभारत क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार पारी पर्यापर्यटनलाई प्रवद्र्धन गरिने छ। त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री शाहीले बताए।

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Read More

कञ्चनपुर: बझाङबाट महेन्द्रनगरका लागि हिंडेको बस दुर्घटना हुनबाट बालबाल बचेको छ। महाकाली यातायात समितिको बस साइड दिने क्रममा ब्रेक प्रेसर पाइप फुट्दा ठूलो दुर्घटना हुनबाट जोगिएको हो। जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका ८ स्थित मेल्थुम रिसोर्ट माथिको मोडमा दुर्घटनामा परेर सडक भित्तामा ठोक्किएको थियो। उकालो सडक चढ्ने क्रममा ब्रेकको प्रेसर पाइप फुटेर बस सडकको भित्तामा ठोकिएको अस्थाई ट्राफिक पोष्ट बाग्थलाले जनाएको छ। उक्त सुपप्र ०२ ००१ ख १००३ नम्बरको दिवा सेवाको बस दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको छ। बसमा ३३ जना यात्रु रहेको जनाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अनुमतिबिना औषधी पसल सञ्चालन रहेको पाइएको छ। अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधीहरु विक्री वितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ। यसरी अवैधरुपमा औषधी बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसल सञ्चालन गर्ने भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्। उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’ मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ।

Read More