Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीका ६ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाको दशरथचन्द, पाटन, मेलौली नगरपालिका, डिलाशैनी, सिगास र शिवनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । बाँकी रहेका पालिकालाई पनि केही दिनमै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

Read More

काठमाडौं: अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका सह लेखापाल –३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँका जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

काठमाडौँ: हालै वैवाहिक बन्धनमा बाँधिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले कानुन बनाउने तहका सांसदहरूको ‘तलब, सेवा–सुविधा’ पर्याप्त नभएको बताएकी छन् । कानुन तर्जुमा गर्न पर्याप्त ज्ञान हुनुपर्ने र विज्ञता खियाउनुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले दिएको तलवमा खोजअनुसन्धान गरेर प्रस्तुति दिन असम्भव रहेको बताएकी हुन् । एक अन्तरवार्ताका क्रममा उनले सरकारले दिएको न्यून सेवासुविधाकै कारण राम्रो तयारी गर्न नसकिएको दाबी गरेकी छन् । उनले भनिन्, ‘नट इनफ ! एउटा स्वकीय सचिव हुन्छ । सांसद भनेपछि सबै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ ।’ उनले दुर्गम क्षेत्रबाट निर्वाचित भएका सांसदहरुको दुखेसो पनि पोखेकी छन् ।…

Read More

दोहा:  पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ। दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ। दूतावासका अनुसार बेपत्ता हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९, दासिकोट, गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र सिनुरजोडा–१, धनुषा स्थायी निवासी मो. कुर्मान सेख छन्। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

Read More

बैतडी: बैतडीमा वन अतिक्रमण गरेर बनेका घर भत्काइएको छ। जिल्लाको मेलौली नगरपालिकामा सामुदायिक वन अतिक्रमण गरेर बनेका २७ ओटा घर भत्काइएको हो। मेलौलीको- ७ चापछाड सामुदायिक वन र ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका घर भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रसाद कंडेलले बताए। कानून विपरित वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए। वन कार्यालयले यस अघि दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको थियो। सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन्।

Read More

बाजुुरा: बाजुरामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ। हिजो साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ  गाँउपालिका १ का ३१ वर्षीया यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए। उनको साँझ करिब ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ। थप बिवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Read More

काठमाडौं: सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन्। सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ। कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो।  कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५…

Read More

एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्। बुधवार बिहान मियामी अदालत पुगेर उनले आत्मसमर्पण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। आत्मसमर्पण लगत्तै उनलाई गिरफ्तार गरिएको थियो । अदालतमा करीब ४५ मिनेट चलेको बहसपछि उनलाई सशर्त रिहाइ गरिएको छ। गोप्य दस्तावेज सम्बन्धी मुद्दामा ट्रम्पले आफू निर्दाेष भएको दाबी गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप राजनीति प्रेरित भएको बताएका छन्। ट्रम्पले अब सहयोगी वल्ट नोटासँग कुराकानी गर्न पाउने छैनन्। उनी निजी विमानबाट अदालत आएका थिए। गत वर्ष फ्लोरिडास्थित ट्रम्पको रिपोर्टमा एफबीआईले छापा मारेको थियो। जसमा ११ हजारभन्दा बढी दस्तावेज बरामद गरिएको थियो। जसमध्ये अमेरिकी प्रशासनको नियन्त्रणमा हुनुपर्ने दस्तावेज ट्रम्पको…

Read More

जनकपुरधाम: धनुषामा आफ्नै प्रेमिका मको बीभत्स हत्या गरी शव फालेको आरोपमा २२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१८ निवासी हाल जनकपुरधाममा बस्दै आएका मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेका छन्। पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ । आइतबार जेठ २८ गते साँझ ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–८ तारापट्टीस्थित स्व. रामचन्द्र दासको घर पछाडि २० मिटर दक्षिण पश्चिममा अवस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा एकल महिलाको शव बरामद भएको थियो । उक्त व्यक्ति स्व. रामचन्द्र दासकै श्रीमती ४२ वर्षीया उषा दास रहेको खुलेको थियो। अनुसन्धानका क्रममा उनी…

Read More

काठमाडौं: दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ। महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका छ महिनादेखि…

Read More