Author: महेन्द्रनगर पोष्ट

चितवन: गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११:४५ बजे मृत्यु भएको हो । यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ । रासस

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले पालिकावासीका गुनासो सुन्न पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार टोलफ्री नम्बर १८१०५०००४२२ रहेको छ । यसमा कल गरेर नागरिकले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्नेछन् । यस्तै, गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरी अडियो नोटिस बोर्ड सेवा सुन्न सकिनेछ ।

Read More

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापनका लागि पूर्वानुमानमा आधारित विपद् पूर्वकार्य कार्यविधि तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए०, डीसीए नेपाल, र इन्स्च्युट अफ हिमालयन रिस्क रिडक्शनको सहकार्यमा शुक्रबार दुई दिने कार्यशाला सम्पन्न भएको हो। बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ८, ९ र १० मा मौसम पूर्वानुमानको आधारमा विपद् न्यूनिकरणको लागि के(कस्ता क्रियाकलापहरू गर्न सकिन्छ भन्ने विषयमा बन्ने कार्यविधिको लागि मस्यौदा तयार पार्ने उद्देश्यले सो क्षेत्रका सरोकारवालाहरूसँग कार्यशाला गरिएको हो। कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकासँगै देशका…

Read More

बैतडीः बैतडीमा दुई अध्यक्षबीच कुटाकुट भएको छ। जिल्लाको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र सडक उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीबिच कुटाकुट भएको हो। उनीहरुबिच देउलेक–कान्धार सडक उपभोक्ता समितिलाई २० लाख ४४ हजारको चेक काटिएको विषयलाई लिएर कुटाकुट भएको हो। कुटपिटबाट घाइते भएका समितिका अध्यक्ष वीरेन्द्रसिहं धामीलाई बैतडी अस्पताल भर्ना गरिएको छ। समितिका अध्यक्ष धामीका अनुसार गाउँपालिकाले दिएको चेक साट्न बैंक जाँदा गाउँपालिका अध्यक्षले बैंकमा फोन गरेर चेक रोक्न आदेश दिएका थिए। गाउँपालिकाका अध्यक्षले लाठी, ढुङ्गामुडा, र लात्ताले कुटपिट गरेको समितिका अध्यक्षको गुनासो छ। गाउँपालिकाका अध्यक्षले भने आफूले कसैमाथि कुटपिट नगरेको र उल्टै गाउँपालिकाका कर्मचारी र आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले मृतकका परिवारको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका केसीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भनिएका माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्टराई भने फरार छन् । प्रहरीकाअनुसार उनी…

Read More

दार्चुलाः दार्चुलामा गहुँ चुट्ने थ्रेसरमा परेर एक बालकको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीस्थित मल्लामट्टेका १३ वर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो । गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका उनको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको गृहकार्य गरिरहेका छन् । उनको हातमा मन्त्री बन्नेहरूको नाम पुगिसकेको छ तर, मन्त्रालयको भागबन्डा भने अझै मिलिसकेको छैन। आफू मुख्यमन्त्री भएको भोलिपल्टै २७ माघमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई नियुक्त गरेका थिए । १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले हिजै सरकारलाई पूर्णता दिने दाबी गरेका थिए । तर, अहिले सम्म सरकारले पूर्णता पाउन सकेको छैन । आज सरकार विस्तार गर्ने तयारी भएपनि अहिले सम्म भागबन्डा मिलेको छैन । मुख्यमन्त्रीको गोजीमा रहेको नामहरू पनि असमावेशी रहेको आरोप…

Read More

डोटी: डोटीका महिलाहरु अहिले काफल बेचेर घरखर्च चलाइरहेका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका महिलाले काफल बेचेरै घरखर्च चलाइरहेका हुन् । जोरायल गाउँपालिका–१ गैराकी भगवती साउदले काफल बेचेर राम्रो आम्दानी भइरहेको बताइन् । त्यस्तै, शिखर नगरपालिका–१ कपल्लेकी खगीदेवी ऐरले अहिले काफल बिक्री गरेरै घर खर्च चलेको बताइन् । उनीहरुले काफल बेचेर दैनिक पाँच सयदेखि चार हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएका छन् । न्यून आयस्रोत भएका परिवारका लागि काफल अहिले आम्दानीको स्रोत बनेको छ ।

Read More

धनगढी: सुदूरपश्चिममा आज प्रदेश सरकार विस्तार हुने जनाइएको छ। हिजो सरकार विस्तार हुने भनिएकोमा दलहरुबीच सहमति नजुटेपछि आज विस्तार गरिने भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारबारे निर्णय लिन समय माग गर्दै २ मन्त्रीसहित एक राज्यमन्त्रालय मागेपछि हिजो सरकार विस्तार हुन नसकेको हो। सुदूरपश्चिममा अहिले ४ मन्त्रालय मन्त्रीविहीन छन्। जसमा मुख्यमन्त्री शाहले आज सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपटबहादुर साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेशसिंह धामीलाई नियुक्त गर्ने जनाइएको छ। साउद अछाम र धामी कैलालीबाट निर्वाचित भएका थिए। माओवादीकी गीता देवी माल पनि राज्य मन्त्रीमा नियुक्त हुनेछिन्। उनको मन्त्रालय भने…

Read More

धनगढी: नेपाली कांग्रेस कैलाली जिल्ला उप-सभापति भीम बडूवालले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न नदिएको भन्दै दुख मानेका छन्। कैलालीमा सुरु भएको प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा आफूलाई मन्तव्य राख्न नदिएको र बन्द सत्रमा पनि आफ्ना एजेन्डा दर्ता नगरेको उप-सभापति बडूवालको आरोप छ। जिल्ला सभापति नारायणदत्त भट्टले भ्रष्टाचारविरुद्ध सङ्कल्प प्रस्ताव दर्ता गर्न नदिएको उनले आरोप लगाए । ‘सभापति ज्यूले एकलौटी रुपमा कार्यक्रमलाई लैजानु भयो। बन्द सत्रमा मेरो प्रस्तावलाई दर्ता नै नगर्न भूमिका खेल्नु भयो’ उनले भने। प्रथम जिल्ला सम्मेलनमा उनले ‘भ्रष्टाचार गर्ने छैन र भ्रष्टाचार गर्नेलाई बचाउने पनि छैन र जिल्ला कार्यसमितिले जिल्ला समिति सदस्यको सम्पत्ति विवरण जिल्ला कार्यसमितिमा बुझाउने छ…

Read More