Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीको सुर्नया गाउँपालिकाले आज (आइतवार) एक हास्यासपद विज्ञप्ती जारी गरेको पाइएको छ। गाउँपालिकाका प्रवक्ता प्रताप महराले उक्त विज्ञप्ती जारी गरेका हुन्। विज्ञप्तीमा भनिएको छ, ‘यस सुर्नया गाउँपालिकामा मिति २०७९/०९/१० गतेको कार्यपालिकाको निर्णय बमोजिम अध्यक्ष र उपाध्यक्ष ज्युको स्वकिय सचिव नियुक्त गरिएको सन्दर्भमा सामाजिक संजाल लगायत संचारका माध्यमहरुमा विभिन्न किसिमका टिकाटिप्पणी भएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा हाललाई अध्यक्षस्तरको मिति २०८०/०१/१० गतेको बैठकवाट सो सम्बन्धी कार्यविधि नबनुन्जेल सम्मका लागी निजहरुले स्वकीय सचिव भई लिएको सेवा सुविधा फिर्ता दाखिला गराउने गरी मिति २०८०/०१/११ गतेबाट अवकाश दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो विज्ञप्ती प्रकाशित गरिएको छ।’ उसो…

Read More

धनगढीः १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ चङ्घाटका ३४ वर्षीय टोपबहादुर रायमाझी (एमाले नेता होइन) लाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो। प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले उनलाई हिजो बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ। रायमाझीमाथि थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः कञ्चनपुरको बेलौरीबाट धनगढीका दुई युवा लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरबाट ७५ मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय सुमित राना र धनगढी उपमहानगरपालिका–७ मनहेराका १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले से ७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो।

Read More

काठमाडौं : चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन्। उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन्।

Read More

पाँचथर : पाँचथर जीप दुर्घटना हुँदा एकजनाको मृत्युपाँचथरको फिदिम-११ मा पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मे १ ज २९५८ नम्बरको पिकअप दुर्घटना भएको हो । फालेलुङबाट फिदिम आउदै गरेको पिकअप जीप दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकि रहेको छ ।

Read More

काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुविरुद्ध षडयन्त्र गर्न खाजिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तीपूर्वक भईरहेको उपनिर्वाचन बिथोल्ने प्रयास भएको बताएका हुन् । हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्।  ‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’ साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परेर ज्यान गएको छ । बिहीवार साँझ जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो। उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। त्यही क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको थियो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

Read More

काठमाडौ: प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नं। १ मा उपनिर्वाचन सुरु भइसकेको छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा। स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्। नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ। नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन्।

Read More

कञ्चनपुर: कञ्चनपुरमा महिलाको हत्या गरेको नरभक्षी बाघलाई सबैले हेर्न पाउने भएका छन् । नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले जानकारी दिए ।उनले आफूहरुसँग खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिने बताए । शुक्रबार उक्त बाघले बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए। बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको…

Read More