बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी सकिएपछि सुत्केरी सेवा बन्द गरिएको छ । आकाशे पानीको भरमा सञ्चालन भइरहेको सो स्वास्थ्य चौकीमा जम्मा गरेर राखेको पानी पनि सकिएपछि सुत्केरी सेवा बन्द गरिएको हो । पानीका लागि विभिन्न निकायसँग हारगुहार गर्दा पनि पानी दिनका लागि कतैबाट कुनै किसिमको सहमति नभएको अस्पतालले जनाएको छ । अस्पतालले पानीको व्यवस्था नहुन्जेलसम्मका लागि सुत्केरी सेवा बन्द गरिएको जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरको एक फोटो स्टुडियो र भू-सेवा केन्द्रमा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ मालपोत कार्यालय अगाडि रहेको भीमदत्त-२ का गणेश रावलको भू सेवा केन्द्रमा आगलागी भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिजुलीको तार सर्ट भएर आगो लागेको र आगलागीबाट भू-सेवा केन्द्रमा रहेका सम्पूर्ण सामान जल्दा दुई लाख ८१ हजार सात सय रुपैयाँको क्षति भएको छ । त्यस्तै, सोही स्थानमा भीमदत्त-१० सुकासालकी भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियोमा पनि आगलागी भएको छ । फोटो स्टुडियोका कम्प्युटर, प्रिन्टर र स्क्यानर क्यामरा जलेर नष्ट भएका र क्षतिको विवण नखुलेको बताइएको छ ।
दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराइएको छ । गाउँपालिकाले ०७९ असोजमा १५ फिट अग्लो १५ लाख बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको थियो । सोही स्तम्भमा नेपाली झण्डा फहराइएको हो । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र तिंकरमा राज्यको उपस्थिति तथा देश–विदेशमा नेपाल चिनाउन स्तम्भ तयार पारिएको बताइएको छ ।
हुम्ला: हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ । आगलागी हुँदा एक लाख ६५ हजार बढीको क्षति यसैबीच हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख…
कञ्चनपुर: बैतडीका प्रदेशसभा सांसद सुरेन्द्र पालले सरकार बैतडी र दार्चुलाका पर्यटकीय सम्भावनाप्रति बेखबर देखिएको र आव २०८०/०८१ को नीति तथा कार्यक्रममा ती विषय नसमेटिएको बताएका छन्। नीति तथा कार्यक्रमको बुँदा नं. ५२ मा मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रमबारे उल्लेख गरिएपनि त्यसमा बैतडी र दार्चुलाका पर्यटकीय क्षेत्रहरु नसमेटिएको सांसद पालले बताए। एमालेका तर्फबाट बैतडीको प्रदेशसभा (क) मा विजयी सांसद पालले नीति तथा कार्यक्रमबारे आज प्रदेशसभामा आफ्नो धारणा व्यक्त गर्दै सल्लाह, सुझाव पनि दिएका छन्। ‘खप्तड, बडिमालिका, रामारोशन, चिसापानी, राजकाडा शुक्लाफाँटा पर्शुराम धाम, घोडाघोडी, बेहडाबाबा, अपि शैपाल लगायत पर्यटनका सम्भावना भएका क्षेत्रको एकीकृत विकास गर्ने भनिएको छ तर सुदूरपश्चिमको दोस्रो उचाईमा रहेको…
पत्रकार ऋषि धमला ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रमको पर्यायवाची हुन् । उनी अतिथिलाई स्टुडियोमा बोलाएर कहिलेकाँही हुर्मत लिन्छन् । हालै एमाले नेता डा. भीम रावलसँगको अन्तर्वार्तामा धमलाले एकोहोरो बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनै धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको थेगोलाई श्रीमती एलिजा गौतमले साथी विशाल गुरुङसँग चियर्स गर्दै उडाएकी छन् । गुरुङको टिकटकमा धमलालाई उडाउँदै ‘हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं’ भनी वाइन चियर्स गरेको देखाइएको छ । विशालले लेखेका छन्, ‘जनताले के जान्न चाहन्छन् त्यो थाहा भएन । हामीचाहिँ एक अर्कालाई सहि तरिकाले चाहन्छौं ।’ निकै अर्थपूर्ण स्टाटस, स्टाटससँग मेल खाने फोटो र भिडियोका कारण एलिजा…
धनगढीः नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुरेन्द्र पाल नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। एमाले बैतडीका अध्यक्ष समेत रहेका पाल बैतडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई एमालेले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम एमाले संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेताद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले झण्डै ३ लाखका भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ बाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो । भीमदत्त–४ गल्ली नम्बर–१ मा भारतबाट भन्सार छली ल्याएका सामानसहित भीमदत्त–१० जिमुवाका २२ वर्षीय महादेव पोखरेल पक्राउ परेका छन् । उनी तुलको कपडा, सारी लगायतका १ लाख ३४ हजार मूल्य बराबरका सामानसहित पक्राउ परेका हुन् । उनले चलाएको म २ प २२२१ नम्बरको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, भीमदत्त–४ बसपार्कबाट भन्सार छली ल्याएका १ लाख ५४ हजार ६ सय ५० मूल्य बराबरका भेष्ट, कट्टुहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद…
सर्लाही: दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका-३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताए । ईदा बुबा मन्सुर साह फकिरले…
काठमाडौँ: नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा पूजा गरेकोप्रति टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सोप्रति टिप्पणी गरेका हुन् । उनले यही ’चिन्तन २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?’ भन्दै प्रश्न गरेका छन् । साथै भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने बताएको समेत रावलले स्मरण गरेका छन् । ’प्रमं प्रचण्डले मन्त्रीहरूसहित पशुपतिनाथको दर्शन गर्नुभएछ । यस्तो चिन्तन उहाँमा २०५२ सालतिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?,’ उनले भनेका…