Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने भएको छ। गृहमन्त्री रमेश लेखकले १३ गते (मंगलबार) ११ जना डीआईजीको पदस्थापन गरेका थिए, जसअनुसार डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा खटाउने निर्णय भएको थियो। तर, निर्णय सार्वजनिक भएपछि उत्पन्न विवाद र आलोचनाका कारण श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नगर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ। यदि श्रेष्ठको सरुवा नगर्ने निर्णय कायम रह्यो भने रानीपोखरीमा ओमबहादुर रानालाई खटाइने तयारी भएको छ। यसअघि भने रानालाई अख्तियारमा पदस्थापन गर्ने तयारी गरिएको थियो। श्रेष्ठ कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भिजिट भिसा सेटिङ प्रकरणको अनुसन्धान चलिरहेको छ। सो…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। प्रदेशसभाको छैठौ अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनालाई प्राथमिकता दिने उल्लेख छ। एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।  उद्यमशीलता विकासमार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताइएको छ। लगानी नभएका तर केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न…

Read More

काठमाडौं: नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशन तथा छैठौं साधारण सभाबाट सुदूरपश्चिमका लक्ष्मण बहादुर साउँद केन्द्रीय समितिको सदस्य पदमा निर्वाचित भएका छन्। महासंघको २०८२ बैशाख १८ गते सम्पन्न महाधिवेशनले साउँदलाई सर्वसम्मत रुपमा नयाँ कार्यसमितिका सदस्यमा चयन गरेको हो। निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्दै साउँदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले निर्माण व्यवसायसँग जोडिएका हेभी इक्विपमेन्ट व्यवसायीहरूबीच समन्वय, समृद्धि र नेतृत्व विकासको कार्य गर्दै आएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विनोद घिमिरेले पाउने भएका छन्। प्रहरी महानिरीक्षक (आईजी) सचिवालयका डीआईजीले वहन गर्ने उक्त जिम्मेवारीमा रहेका डीआईजी दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर रिक्त थियो। उनको रिक्ततामा आईजी सचिवालयकै एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी पाएका थिए। बढुवा भएका डीआईजीको शुक्रबार पदस्थापन हुँदा आईजी सचिवालयमा तोकिएका विनोद घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउने आईजी सचिवालयस्रोतले जनायो। हाल प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी थापा सचिवालयकै अन्य भूमिकामा रहने भएका छन्। सरुवा हुँदै एसएसपी यस्तै शुक्रबार रातिसम्म एसएसपीहरुको सरुवा निकाल्ने तयारी भइरहेको छ। त्यसका निम्ति छलफल गर्न आईजी दीपक थापा गृह मन्त्रालय पुगेका छन्। एसएसपी सरुवा गृह…

Read More

धनगढी: कैलालीमा १४ वर्षीया एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो। चन्द्र महतोकी १४ वर्षीया छोरी माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहीबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ । बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्। यस्तै उनीहरूको पदस्थापन पनि आजै गरिएको छ। हेर्नुस् सूची

Read More

काठमाडौं: नेपाल प्रहरको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शाहलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआईजीमा बढुवा भएको शाहको कार्य विभागमा पदस्थापन भएको छ। डीआईजी हुँदा उनी विशेष ब्यूरोमा कार्यरत थिए।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस भएका छन्। बिहीबार बढुवा सिफारिस समितिले ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत प्रतिस्पर्धामा थिए। तर उनीहरुलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भएका हुन्। एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो। गिरीलाई सत्ताको नेतृत्व गरेको दल एमालेले एआईजी बनाउन चाहेको थियो। ठाडामगर भने कांग्रेसमार्फत बढुवाका लागि लविइङमा थिए। दुई…

Read More

काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो। गएको चैतदेखि नै रानीपोखरी कार्यालयमा डीआईजी रिक्त रहेको छ। अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई खटाउने निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका हुन्। बढुवाको निर्णयसँगै उनीहरूलाई शुक्रबार प्रहरी प्रत्रान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ। उनीहरूले नयाँ जिम्मेवारी पनि पाएका छन्। भिजिट भिसाको सेटिङमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडेर आरोप लगाइएको छ। जुन विषयमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित माथि अनुसन्धान भइरहेको छ।गृहमन्त्रीले पनि राजीनामा दिनु पर्ने…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ। शुक्रबार साँझ ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको हो। प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ। नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चलेपनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन। मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमलाई अन्तिम रुप लिएर…

Read More