काठमाडौं: नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ। आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्की जानकारी दिए। उनका अनुसार देशभर अनलाइन आवेदन खुला गरिएको हो। प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन्। ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन्।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: बैतडीमा बेपत्ता किशोरी अझै गायब छिन्। उनलाई खोज्न प्रहरीका फौज परिचालन भएको भएपनि पत्तो अझै लागेको छैन। सोही काण्डमा दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो। जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो। उनीमाथि पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलारम पाण्डेका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’…
काठमाडौं: पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेकपा एमालेका एक प्रदेश सांसद कारबाहीमा परेका छन्। बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यताबाट निलम्बन गरेको हो। उनीमाथि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाइएको छ। त्यस्तै, पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएकोजस्ता आरोप पनि थोपरिएको छ। एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले चौधरीलाई अनुशासनको कारवाही गरेको बताए। पार्टीको नेतृत्व र कार्यकर्ताविरुद्ध प्रकाशित सामग्रीलाई लिएर शुरुमा उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, आफ्नो गल्ती महसुश गर्नुको साटो उल्टै पार्टीविरुद्ध लिखित जवाफ दिएकाले विधानको…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कति गफाडी छन् भने कुरा वेबसाईट प्रकरणले पुष्टि गरेको छ। जबकी उनले २ दिनमा मन्त्रालयका वेबसाईट बनाउने भनेर २ साता बित्दा पनि प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालय वेबसाइटविहीन छ। यो अवधि अहिले पाँच महिना नै पुगेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वेबसाइट साउनदेखि डाउन छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ वेबसाइट बनाएको छ। तर, वेबसाइट भने अपडेट छैन्। त्यसबाहेक अन्य कुनै मन्त्रालय र कार्यालयले बिग्रेका बेवसाइट सञ्चालनमा ल्याएका छैनन्। प्रदेश प्रमुखको कार्यालय,…
दार्चुला: दार्चुलामा ग्याँस चुहावट भएर आगलागी भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–२ मन्तड बस्ने चक्रदत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिएको भान्सामा आगलागी भएको हो। गाउँपालिकाका कर्मचारीहले प्रयोग गर्दै आइरहेको भान्सामा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर सोमबार आगलागी भएको हो। आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलोलगायतका सामान गरी सात लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
धनगढीः नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्रायः सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ। नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन्। सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन्। सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन्। मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन्। ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन्। सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। चार विदेशी खेलाडीमध्ये…
धनगढी: कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–५ का ३५ वर्षीय काशिराम खड्का र धनगढी–१० बस्ने २५ वर्षीय कमल बन्जरा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ६ ग्राम ४६० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीः कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेको प्रकरणमा नयाँ तथ्य फेला परेको छ। सो प्रकरणमा कैलालीस्थित धनगढीको त्रिनगर भन्सारका हाकिमका भान्सेको नाम खुलेको छ। एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसपछि सो प्रकरणमा कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमील्सेनाका भान्से जोडिएका हुन्। त्यसमा उनीसहित दुई जनालाई पक्राउ गरिएको छ। भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्यायलाई समातिएको हो। प्रहरीका अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निवेदन परेको थियो। त्यसपछि दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुमाथि किर्ते…
काठमाडौँ: प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनलगायत कार्यमा क्रियाशील हुन निर्देशन दिए। थाँती रहेका मुद्दा फर्छ्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाउन आग्रह गर्दै महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा समेत विशेष ध्यान पुर्याउन निर्देशन दिए। नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको…
धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले दोस्रो प्रदेश सभाले कामै गर्न नसकेको बताएका छन्। धनगढीमा आज भएको संसदीय खुलापन, अवधारणा र अभ्यास सम्बन्धी छलफलमा उनले प्रदेश सभाले काम गर्न नसक्दा आफूलाई तलब भत्ता खाएको पनि अफ्ठेरो लागिरहेको बताए। ‘प्रदेश सभाभित्र जति पनि काम भए पहिलेको प्रदेश सभाले गरेको छ। पहिलो प्रदेश सभाले संरचना पनि बनायो, कानुन पनि बनायो। हामी आइसकेपछि त तलब भत्ता खाएको पनि नमिठो लागेको छ’ ओलीले भने, ‘किनभने एउटा कानुन पनि बनाउन सकेको छैन।’ यस्तै अर्की एमालेकी सांसद सन्तोषकुमारी थापा शर्माले कानुन निर्माणलगायत संसदका कामकारबाहीमा नागरिकको सहभागिता कमजोर रहेको स्वीकार गरिन्। सूचना र…