Author: महेन्द्रनगर पोष्ट

धनगढी : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटना भएको छ। बुधवार बिहान डोटीको गैराबजार नजिक गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका छन्। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो। महासचिव भट्टको ढाडमा चोट लागेको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए। प्रहरीका अनुसार जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो। सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा पनि सवार थिए। महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको…

Read More

काठमाडौँ: टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीले आफू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् । बुधवार डिल्लीबजार कारागारबाटै विज्ञप्ति जारी गर्दै चौधरीले अझैँ सर्वोच्च न्यायलयप्रति भरोसा रहेको भन्दै न्यायिक पर्खाइमा रहेको बताएका हुन् । आफूप्रति न्याय नभए पनि फैसला भने स्वीकार्नुको विकल्प नभएको र सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो भने खुल्लै रहेको उनले बताएका छन् । ’मप्रति न्याय नहुन सक्छ तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ । मलाई अझै सम्मानित सर्वोच्च न्यायलयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान…

Read More

धनगढीः धनगढीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गर्ने तयारी पूरा भएको छ । मुल समारोह समितिको सचिवालयले धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । पूर्व राजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोहकाबीच नागरिक अभिनन्दन गरिने समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्व राजपरिवार धनगढी पुग्नेछन् । पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको जोशीले बताए ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए। यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्। यसैबीच गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्। सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको…

Read More

धनगढी: सर्वोच्च अदालतको फैसलाबारे रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीको धारणा नआउँदै माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी बोलेका छन् । सामाजिक सञ्जाल टिकटकमा आफ्नो धारणा सार्वजनिक गरेका चौधरीले सर्वोच्च अदालतको फैसलालाई सिंगो २० लाख थारु समुदायको विपक्षमा रहेको भनेका छन् भने त्यसले थारु समुदायको भावनामा चोट पुगाएको उनको टिप्पणी छ । थारु मोर्चाका महासचिव समेत रहेका चौधरीले सार्वजनिक गरेको भिडियोमा एक जना व्यक्ति मात्र नभएर थारु समुदाय नै दोषी करार भएको भनेका छन् ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुसँग डिल्लीबजार कारागारमा छलफल गरिरहेका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् । नाउपाका केन्द्रिय नेता तथा प्रदेश र प्रतिनिधि सभाका सदस्यहरु छलफलका लागि जेलमै गएका छन्। छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउन सक्ने र संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ ।संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित…

Read More

काठमाडौं: पत्रकार ऋषि धमलाकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले रेशम चौधरी नछुटे देशमा आगो लाग्ने बताएकी छन् । सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिँदै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ, अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’ निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको भन्दै उनले भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’ सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त…

Read More

काठमाडौँ: कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ ।  रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो ।  आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

Read More

काठमाडौं: सूचना प्रविधि दिवसरका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको उल्लेखनिय रुपमा कमी गर्ने भएको छ । बुधबारदेखि लागू हुने नया“मा नेपाल टेलिकमबाट भारतका कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपिया“ मात्र शुल्क लाग्नेछ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउ“दा प्रतिमिनेट ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपिया“ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपिया“ अन्य नम्बरबाट आएको कल उठाउ“दा १४ र एसएमएस गर्दा २४ रुपिया“ लाग्ने व्यवस्था छ ।

Read More

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका छन्। बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्। टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो। सोबारे भट्टराईले लेखेका छन् – ‘अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम।’ https://twitter.com/brb1954/status/1658636609666060289?t=hpCe8Q5V04JhuINtBuxbHA&s=19

Read More