Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई उपमहानगरपालिका–४ शहीद गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।  धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको साउँदले बताए। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको बताइएको छ।

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका–६ का किसानलाई बंगुर वितरण गरिने भएको छ । सो वडाका किसानलाई १५० बंगुरका पाठापाठी वितरण गरिने भएको हो । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ । जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीका अनुसार बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत किसानहरुलाई बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ । कार्यक्रम अन्तरगत एक जना किसानलाई २ ओटा बंगुर वितरण गरिने बताइएको छ ।

Read More

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेको छ । सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो । प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले कञ्चनपुरमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ ।

Read More

धनगढी: कैलालीको खुटिया नदीमा जैविक तटबन्ध गरिँदैछ । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित खुटिया नदीले बर्सेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि उपमहानगरले जैविक तटबन्ध गरिरहेको हो । साथै धनगढी-२ मा नाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण भएको स्थानमा उपमहानगरबाट सूचीकृत बेरोजगार श्रमिकले काम गरिरहेका छन् । उपमहानगका अनुसार उनीहरुले सामुदायिक आयोजनाहरुमा संलग्न भएर काम गर्दै आएका छन् ।

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा आफूलाई अचम्म लागेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरले यस्तो बताएका हुन् । उनले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नसकिने बताउँदै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो भएको बताए । ‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौधौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो,’ उनले भनेका छन्, ’मेडिकल विश्वविद्यालय खोल्ने ? वडा अचम्म छ ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।’

Read More

काठमाडौं: नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको हो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

Read More

काठमाडौं: बेतालपुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने एक ट्याङ्कर कम्पनी कारबाहीमा परेको छ । नेपाल आयल निगमले श्री एक्सप्रेस परिवहन सेवा प्रालि रुपन्देहीलाई कारबाही गरेको हो । निगमसँग करार सम्झौतापछि सञ्चालनमा रहेको उक्त प्रालिलाई कारबाही गरिएको जनाइएको छ । उक्त प्रालिको लु.२.४८३९ (२० किलोलिटर क्षमता) नम्बरको ट्याङ्करले बिलबिजकभन्दा बढी परिमाणमा पेट्रोल ढुवानी गरेको पाइएपछि भन्सार कार्यालयले ट्रकलाई नियन्त्रणमा लिएको बताइएको छ । निगमका अनुसार पेट्रोल चोरी पैठारी कसूरमा कारबाही अगाडि बढाइएको छ । ट्याङ्कर ढुवानीकर्ता र चालकलाई ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधनसहित)’ कारबाही गरिएको छ । जसअनुसार ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने, २० हजार लिटर पेट्रोलको रकम असुलउपर गरिने…

Read More

बारा: बारामा लामखुट्टे भगाउन बालिएको धुपबाट आगो सल्किँदा एक घर जलेर नष्ट भएको छ । आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतवार राति आगलागी भएको हो । आगलागीमा परि घरधनी ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेका छन् । आगलागीबाट चार लाख १० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित एक युवा समातिएका छन् । हिजो राति लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट लागुऔषध (खैरो हिरोइन) सहित उनी समातिएका हुन् । उनको नाम प्रहरीले खुलाएको छैन । उनको साथबाट दुई सय मिलिग्राम लागुऔषध बरामद गरिएको थियो । अहिले प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

भारतको पटियालास्थित गुरुद्वारामा मदिरा सेवन गरेको आरोपमा एक महिलाको गोली हानी हत्या गरिएको छ । पटियालाका वरिष्ठ प्रहरी उपरीक्षक वरुण शर्माका अनुसार परमिंदर कौर नामकी एक महिलाले दुस्ख निवारन साहिब गुरुद्वाराको पोखरी नजिक रक्सी सेवन गरेकी थिइन् । अर्बन इस्टेट फेज वन निवासी ३२ वर्षीया महिलालाई निर्मलजीत सिंह नामका व्यक्तिले गोली हानेर मारेका हुन् । ‘परमिंदर कौरले गुरुद्वार दुखनिवारन साहिबको सरोवर नजिक रक्सी पिएकी थिइन् । यो कुरा संगतले थाहा पाएपछि प्रबन्धकको कार्यालयमा लैजाने निधो गरे । तर, त्यहाँ उपस्थित निर्मलजीत सिंह सैनी नामका व्यक्तिले आक्रोशित भई ती महिलालाई गोली हानेका थिए’ प्रहरी विज्ञप्तिमा भनिएको छ, ‘सैनीले आफ्नो ३२ बोरको…

Read More