Author: महेन्द्रनगर पोष्ट

धनगढीः दार्चुलामा आज ट्याक्टर दुर्घटना भएको छ। प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका वडान नं–२ को सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो। मंगलबार दिउँंसो देथलाबाट बालुवा लोड गरेर रौतडा तर्फ जाँदै गरेको सुप –प्र ०१००२ त ६१६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका थिए।ट्याक्टर दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका मौनी बस्ने १९ वर्षका चालक गोपालसिंह धामी, सहचालक डिलाशैनी ३ कुनथला बस्ने २५ वर्षका कपिल बोहरा, ट्याक्टरमा सवार दार्चुलाको सालिखेत बस्ने ५७ वर्षका प्रेमसिंह धामी, सोही ठाउँ बस्ने बस्ने १४ वर्षका प्रशान्त धामी घाइते भएका थिए। सामान्य उपचारपछि घाइते सबैजनाको घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता…

Read More

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ। शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो। काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले बताए। लालबहादुरले साबिती बयान दिएपछि प्रहरीले ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेको छ। घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ। उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाइएको छ। यसै गरि डिभिजन वन कार्यालय कञ्चनपुरले पनि काठ…

Read More

बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई झ्यालखाना पठाइएको छ। भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालतको आदेशमा चैत्र २१ गते बिहीवार ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए। गत पुस १५ मा घटना भएपनि पीडितको निवेदनपछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरिसकेको छ।

Read More

बझाङ: बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन्। करिब ३ सय मिलिग्राम लागूऔषध र एक ट्याब्लेट नाईट्राभेटसहित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

Read More

धनगढीः कञ्चनपुरमा एनसेलको टावरमा आगलागी भएको छ। सोमबार राति शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन्। प्रहरी, स्थानीय, र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक महिला मृत्यु फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका- २ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमबार मृत भेटिएकी हुन्। आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए। मृतकको शव हिजोनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा थिए। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।

Read More

जाजरकोट : जाजरकोटबाट अनौठो खबर आएको छ। जिल्लाको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ। आजबाट सुरु हुने कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो।लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा खुवाएर चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको छ। जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका १…

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले  निःशुल्क सेवा दिने उद्देश्यले महाप्रस्थान सञ्चालनमा ल्याएको हो। अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पुगाउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर  निःशुल्क वाहन सञ्चालन ल्याइएको नगरप्रमुख तोय प्रसाद शर्माले बताए। नगरको बजेटबाट महाप्रस्थान यान खरिद गरेको बताउँदै उहनले सो महाप्रस्थान यान मंगलबारदेखि सञ्चालनमा आउने जानकारी दिए।

Read More

कञ्चनपुर: कञ्चनपुरको एक घरमा पालिएको गाईले लगातार ५ वर्षदेखि दुध दिइरहेको छ। जिल्लास्थित सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. मुकुन्द वल्लभ कलौनीको घरमा रहेको उक्त गाईले विगत ५ वर्षदेखि लगातार दूध दिइरहेको हो। हाल दैनिक दुई लिटर भन्दा बढी दुध दिँदै आएको बताइएको छ। घरका सदस्यले गाईको नाम ‘गौरी’ राखेका छन् ।‌ पहिलो र दोस्रो पटक ब्याउदा समेत २ वर्षभन्दा बढी समय दुध दिएको गाईले यसपटक भने ५ वर्ष पूरा हुँदा समेत निरन्तर दुध दिइरहेको हो।

Read More