Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: आज त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ। सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन्। धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको इन्जिनमा आगोको लप्का देखिएको थियो। आगोसगै आसपासका मान्छेके ठुलै आवाज समेत सुनेका थिए। एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा…

Read More

धनगढीः हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको  सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। यस्तै राती कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

Read More

काठमाडौं: तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। प्रतिनिधि सभाको उपनिर्वाचनमा वाग्ले फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। वाग्लले ३४ हजार ९४१ मत प्राप्त गर्दा निटकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्ले र भट्टराईबीच १४ हजार ७९७ मतान्तर रहेको छ। त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन्।

Read More

कैलाली: प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धेरै माग राखेका छन्। बालुवाटार पुगेरै उनले भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष माग गरेका हुन्। यस्तै झुलाघाटमा मोटरेबल पुल निर्माणका विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  भारतसँग जोडिएको पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल निर्माणका विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए। पञ्चेश्वरमा समेत झोलुंगे पुल निर्माणका विषयमा भारतसँग कुराकानी गर्न नेता लेखकले प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टले बताए ।  झुलाघाटमा…

Read More

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।  पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३१ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४५ हजार ४ सयउ ६७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।  उनी प्रतिस्पर्धीभन्दा २५ हजार ४ सय १२ मतले अघि छन्। लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ५ हजार…

Read More

काठमाडौं: दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्। काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए। दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।

Read More

काठमाडौँ: उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ। सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ। जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ। जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ। जहाजमा १६७ यात्रु रहेका छन्।

Read More

धनगढीः धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टलाई पदमुक्त गरिएको छ। सोमवार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको हो। क्याम्पस प्रमुख योगराज गौतमले उनलाई पदमुक्त गरिएको विज्ञप्तीमार्फ जानकारी दिएका छन्। आरोपित भट्ट आजै पक्राउ समेत परेका थिए।भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लोकेन्द्र ऐर एमाले प्रवेश भएका छन्। लोकेन्द्रले आज माओवादी केन्द्र परित्याग गरेका हुन्। पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष बिष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले ऐरलाई टीका र खादा लगाएर स्वागत गरे।शुक्लाफाटा नगरपालिका १ का स्थानीयबासी ऐरलाई गोदावरी रिसोर्टमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो। उनी २०७४ सालको स्थानीय तह चुनावमा माओवादी केन्द्रका तर्फबाट शुक्लाफाँटाको मेयर पदका चुनाव लडेका थिए। ३० बैशाखमा सम्पन्न चुनावको बेला पनि अन्तिम अवस्थामा टिकट खोसिएपछि असन्तुष्ट रहदै आएका थिए। माओवादीमा इन्चार्ज खगराज भट्टले पेलेको भन्दै असन्तुष्ट बनेका ऐरलाई एमाले युवा नेता वचन बहादुर सिंहलगायतले एमाले प्रवेशको वातावरण…

Read More

धनगढीः १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ। सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका बिभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै पहिलो भएको हो। कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ। कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको हो। यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको छ। बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने…

Read More