Author: महेन्द्रनगर पोष्ट

धनगढी : नसर्ने रोग रोकथामको तथा नियन्त्रणका लागि छोटो दुरीको मैत्रीपुर्ण दौड सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र कैलालीद्धारा आयोजित मैत्रीपुर्ण दौड शनिबार धनगढी रंगशालामा सम्पन्न भएको हो । बहुमुल्य स्वास्थ्य मेरो स्वास्थ्य नारा दिएर प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र गरेको मैत्रीपुर्ण दौड तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा महिलाहरुको दौड राखीएको थियो । जसमा कोपिला कुवँर प्रथम, जयन्ती गिरी दोस्रो र अमृता भट्टराई तृतिय भएकी थिइन् । यस्तै दोस्रो चरणमा सुदूरपश्चिम प्रदेश सभा सासंदहरुको दौड राखीएको थियो । उक्त समुहमा निर्मला साउँद प्रथम, डम्मरी महरा द्धितीय र खेमादेवी बिष्ट तृतीय भएकी थिइन् । तेस्रो चरणमा सुदूरपश्चिम…

Read More

काठमाडौं: हिजो पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पीएसओको पनि काज सरुवा भएको छ। यस्तै आज बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) भने डीएसपी नवीन कार्की हुनेछन्। कार्कीको काज सरुवा भएर पिएसओको रुपमा आउन लागेका हुन्। उनको स्थान सल्यानमा भने डीएसपी केशर न्यौपानेको प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। न्यौपानेलाई सल्यान पठाइएको र कार्की यता आउने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। प्रचण्डको पीएसओ भने सिद्दराज न्यौपाने थिए। उनी केशरकै सहोदर दाइ हुन्।

Read More

काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गरिरहेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गरिरहेको हो। उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत थिए। तर, अहिले उनलाई त्यहाँबाट तानेर हेडक्वार्टरमा राखिएको प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार अहिले उनीमाथि छानबिन जारी छ। रेग्मीविरुद्ध दिपक थापा नाम गरेका व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएका थिए। उनले उजुरीमा एसएसपी रेग्मीले आफ्नी श्रीमती मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी आफ्नो पदको दुरुपयोग गरी जबरजस्ती करणीको झुट्टा मु‌द्दा दर्ता गराएको दाबी गरेका छन्। साथै,…

Read More

धनगढी : सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन्। नयाँ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नयाँ सरकार गठनका लागि सहयोग गर्न मुख्यमन्त्री सोडारीलाई आग्रह गरे। ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ,’ उनले भने, ‘उहाँले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन। अल्पमतको सरकारले केही ठूला निर्णयहरू पनि गर्न सक्दैन। त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ।’ नेता शाहले…

Read More

धनगढीः कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्य भएको छ। जिल्लाको भजनी नगरपालिका–३ धुसीका चन्द्रबहादुर पाण्डेको छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रमामा करेन्ट लागेको थियो। बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारस ठगुन्नालाई समेत करेन्ट लागेर घाईते भएका छन्। घाईते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन्। ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका हुन्। देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए। देउवाले यसपटक आफूलाई १४…

Read More

धनगढी : नेपालगन्जको टाङ्गा स्टेण्ड नजिकै गएराति भएको झडपकामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। स्थानीयहरुको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका दुई जनाले विवाद निकाल्दै झगडा गरेपछि खुकुरी प्रहार भएको हो। उक्त घटनामा ३८ वर्षीय इरसाद कबडीयाको मृत्यु भएको स्थानीयले बताएका छन्। झडपमा संलग्न फैजान अन्सारी घाइते अवस्थामा रहेको र उनको मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले शंकर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजी कार्य तिब्र पारेको छ। घटनास्थलबाट से ७ प ४२५३ नम्बरको मोटरसाईकल…

Read More

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी छ ।

Read More

काठमाडौँ : शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको हो। ‘दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–२८, गोलाघाट भन्ने ठाउँमा शव फेला परेको हो । शवको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने खुलेको डीएसपी रिजालले बताए। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको…

Read More

काठमाडौं : असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनको निधन १९२५ मा भएको थियो।

Read More