Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ३ मा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका ३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः मंगलवार बाजुरामा आएको भूकम्पले भएको क्षतिको पुरा विवरण अझै आएको छैन। भूकम्प आएको तीन दिन बित्दा पनि क्षतिको पुरा विवरण नआएको हो। हिमपात र वर्षा भएकाले भूकम्पले गरेको क्षतिको विवरण संकलनमा ढिलाई भएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार भूकम्प प्राविधिकको समूह गएर क्षतिको विवरण संकलनको काम जारी छ। जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर मंगलवार दिउसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नटूड्को भूकम्प आएको थियो। उक्त भूकपम्पको कारण भिरबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। अन्य तीन जना घाइते भएका छन्। भूकम्पका कारण बाजुराका ८ स्थानीय तहमा…

Read More

धनगढीः जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ मा को राजघाटमा ‘नसानाडी’को छायाँकन सुरु गरिएको संस्थाका अध्यक्ष विजयराज जोशीले जानकारी दिए । बिहीवार एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको काम थालिएको उनले बताए । उक्त सिरीयलले समाजमा भएका विकृति, बिसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगायतका कुराहलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माताले जनाएका छन् । सिरीयलको कथारपटकथारसम्बादरलेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीको हुने छ भने छायाँकन देवेन्द्र पाण्डेले गरेका छन् । न्युज नेपाल टेलिभिजनले सिरियलको प्रसारण गर्ने छ । फागुन १५ गते…

Read More

कैलालीः सुदूरपश्चिम प्रदेशमा फूटकर रुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो। जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो। “कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यसबारे गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनेसँगै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको उल्लेख छ। गैरकानुनीरुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको पाइए कारवाही…

Read More

धनगढी: नेपालमा बाल अधिकार र त्यसको कार्यान्वयनको सवालबारे प्रतिवेदन तयार पारेर संयुक्त राष्ट्र संघलाई बुझाइने भएको छ। अबको एक महिनाभित्रमै उक्त प्रतिवेदन तयार पारेर संघलाई बुझाइने जनाइएको छ। सो क्षेत्रमा कृयाशील संस्था सिजफका अध्यक्ष राजेश शर्माका अनुसार गैरसरकारी संस्था तथा नागरिक समाजले उक्त प्रतिवेदन बुझाउने तयारी गरेका छन्। बाल अधिकार महासन्धिको पुरक प्रतिवेदन तयार गर्ने क्रम जारी रहेको र एक महिना भित्रमा सो काम सम्पन्न हुने उनले बताए। सोही विषयमा देशका सात ओटै प्रदेशमा छलफल समेत गरिएको छ। आज (बिहीवार) मात्रै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरको छलफल गरिएको थियो। उक्त छलफलमा सुदूरपश्चिम प्रदेशमा बालबालिकाका सवालहरु, बाल अधिकारको कार्यान्वयनको…

Read More

धनगढीः नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राइले नेपाल सरकार यातायात मजदूरका सवालमा संवेदनशील हुनुपर्ने बताएका छन्। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनमा बोल्दै राइले यस्तो बताएका हुन्। यस्तै उनले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई दुख दिने मात्रै काम गरेको पनि बताएका छन्। उनले भने, “यातायात व्यवस्था ऐनअनुसार सबै सवारी चालकहरुले चल्नुपर्छ। हाम्रो संगठनले पनि सवारी चालक साथीहरुलाई ऐन कार्यान्वयनका लागि आग्रह गरिरहेको छ, तर सवारी चालकले ऐन कार्यान्वयन गर्ने अनि ट्राफिक प्रहरीले ऐनविपरित पैँसा असुल्ने र जरिवाना काट्ने काम गरिरहेको छ, यो हामीलाई मान्य छैन।” ट्राफिक प्रहरीलाइ राज्यले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ। यातायात…

Read More

धनगढीः मंगलबार गएको भूकम्पमा परेर ज्यान गुमाएकी बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकायाको परिवारलाई किरिया खर्च बापत २५ हजार सहयोग गरिएको छ। जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार मृतकका परिवारलाई भेटेर किरिया खर्च वापत तत्काल २५ हजार प्रदान गरिएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले तत्काललाई किरिया खर्च स्वरुप उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। स्थानीय जंगलमा घाँस काट्न गएकी रोकायाको भूकम्पकै कारण खसेको ढुंगा लागेर मृत्यु भएको थियो।

Read More

धनगढीः नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुनः ललित चन्द चयन भएका छन्। बुधबार सम्पन्न संगठनको दोश्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा चन्द दोहोरिएका हुन्। संगठनको उपाध्यक्षमा मोहन सिहं सावद, उपाध्यक्षमा बिष्णु दत्त जोशी, सचिवमा राम सिहं महरा, सह सचिवमा दुर्गा रावल, देवी सिहं साउँद, कोषाध्यक्षमा बामदेव अवस्थी चयन भएका छन्। सदस्यहरुमा नवराज जैशी, शंकर वली, भुवनेश्वर चौधरी, भानुदेव पनेरु, लाल बहादूर महरा, मिरा भट्ट, जय बहादूर बिष्ट र निर्मला बिष्ट चयन भएका छन्। यस्तै सल्लाहकारमा प्रमुख भोजबहादुर शाही र सदस्य अर्जुन स्वार चयन भएका छन्। दोश्रो अधिवेशनबाट अध्यक्षसहित प्रदेश कमिटि सर्वसम्मत चयन भएको अध्यक्ष ललित चन्दले बताए। उनले अध्यक्षमा…

Read More

धनगढीः नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदबहाली गरेका छन्। सिंहदरबारस्थित खानेपानी मन्त्रालयको कार्यकक्षमा पुगेर उनले फाइल सदर गरेका हुन्। डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट नियुक्त भएका खानले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने घोषणा गरेका थिए। आफूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै चाहिने ढिपी कसेका खानले अन्य मन्त्रीभन्दा ढिलो पदबहाली गरेका हुन्।

Read More

धनगढीः कैलालीमा पासोमा परेको चित्तलको उद्दार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ को स्थानीय जंगलमा सिकारीले थापेको पासोमा परेको अवस्थामा चित्तलको उद्दार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। चित्तलको स्थानीय र वनका कर्मचारीले उद्दार गरेका हुन्। घाइते अवस्थाको चित्तलको शरीरमा घाउ छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा उपचारपछि चित्तललाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ।

Read More