Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीमा शनिबार मृत फेला परेका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझ्न मानेका छैनन्। घटना भएको ६ दिन बितिसक्दा पनि आफन्तहरूले शव बुझ्न नमानेका हुन्। आफन्तहरूले बुडालको हत्या भएको र सोही अनुसार छानबिन भएर दोषीलाई कारबाहीको माग राख्दै शव बुझ्न नमानेको प्रहरीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार सोही नगरपालिकाको ६ नम्बर वडामा शेरामा मृत फेला परेका थिए। सो दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे चौलानी नदीको बीच भागमा मृत फेला परेको थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका थिए। परिवारले बुडालसँगै पिकनिक गएका ११…

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आठ दलीय गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन्। गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेका थिए। पौडेलसमक्ष उनले ८ वटा माग राखेका एक नेताले बताए। सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ। नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश राख्नुपर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ। यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग…

Read More

महेन्द्रनगरः कञ्चनपुरको पुनर्वासमा खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–३ भर्री घर भएर पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षीय छोरा रोमनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्थानीय बिएन पोलिक्लिनिकमा मृत्यु भएको हो।

Read More

धनगढी: कैलालीमा विष सेवन गरेका एक जनाको मृत्यु भएको छ। आज (बुधवार) जिल्लाको गौरीगंगा नगरपालिका ७ ईन्द्रपुर बस्ने डबल बहादुर कामीकी श्रीमती बर्ष ५० की सेतु कामीको मृत्युु भएको हो। प्रहरीका अनुसार उनले आफ्नै घरमा सल्फास नामक विषादी सेवन गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा आजै ज्यान गएको हो।

Read More

धनगढीः प्राइम लाइफ इन्स्योरेन्स धनगढीका शाखा प्रमुख नरेशबहादुर सिंहले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। आज सिंहले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्। उनले आज परेको आफ्नो जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएको बताए। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको उनले बताए।

Read More

धनगढीः कैलालीमा झुण्डिएको अवस्थामा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको पुष्टि गरे तर घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ। जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो। मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ। प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ।

Read More

धनगढीः कैलालीमा प्रहरीले ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। आज (बुधवार) भजनी नगरपालिकाको सिमावर्ती क्षेत्र र जोशीपुर गाँउपालिकाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका सामानहरु बरामद गरिएको हो। प्रहरीका अनुसार छ लाख छयालिस हजार चार सय बराबरका ती सामानहरु वेवारिशे फेला परेका थिए। अहिले उक्त सरसामानहरु आवश्यक कारबाहीको लागी सत्ति भन्सार कार्यालयमा पठाईएको छ।

Read More

धनगढीः नेकपा एमालेका नेता डा. भीम रावलले भारतबाट आउने तरकारीमा विषादीको परीक्षण नगर्ने भन्नु आपत्तिजनक भएको बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्य के रहेछ। राज्य र राजनीतिको बागडोर समाएकाहरूको देश र जनतामाथिको खेलबाड आपत्तिजनक छ।’

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको छ। सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा राना गम्भीर घाइते भएका थिए। कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Read More