Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई-सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो । प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरूलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ । यसअघि…

Read More

काठमाडौं – सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । कम्पनीले कुल ७ लाख २१…

Read More

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गरेको हो।यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिन…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरी…

Read More

दार्चुला – दार्चुलामा १ हजार ६६४ जना नयाँ मतदाता थपिएका छन्। गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । गत असार १ गते देखि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलामा १ हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालय दार्चुलामा ६२५ जना नयाँ मतदाता थपिएको बताइएको छ । जसमा प्रशासनमा ५५१ जना पुरुष तथा ४८८ जना महिला मतदाता थपिएका छन् । यस्तै निर्वाचन कार्यालयमा २८४ जना पुरुष र ३४१ जना…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्घाटन गरेका छन् । उद्घघाटन पश्चात उनले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे। प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुयाएबापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गरे । यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे । समारोहमा प्रहरी महानिरीक्षक सिंहले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो । बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नर्भिक अस्पताललाई सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन्। अस्पतालले बनाएको उक्त संरचना सरकारसँग भएको सम्झौताविपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको हो। अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ। ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि।नं। २०८५ क्षे।फ। १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत नक्सा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ। अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ महानगरको…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण भएको छ ।५३५१ जनामा गरिएको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । अहिले देशभरि ५६८६ जना सक्रिय संक्रमित छन् । यस्तै, ४७० जना भने कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

Read More

काठमाडौं – धौलागिरी लघुवित्तले ३ लाख ९ हजार कित्ता आइपीओ जारी गर्दैछ। मंगलबार (साउन २४) बाट खुला हुने दरखास्तका लागि एक साताको अवधि छ। लघुवित्तले जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँकोे साधारण सेयर जारी गर्न लागेको हो। सेयर अंकित मूल्य प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता छ। जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि तथा सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशतले हुन आउने १६,५५० कित्ता सामूहिक लगानीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने ३ लाख ९ हजार २ सय ९५…

Read More