Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीमा मृत फेला परेका अनुसन्धानका सूचक जीवन बुडालको शव आफन्तले बुझेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका २५ वर्षीय जीवन फागुन १३ गते मृत फेला परेका थिए। मृत फेला परेको ११ दिनपछि मंगलबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन्। बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिनसम्म शव बुझ्न मानेको थिएनन्। परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना…

Read More

टेकसिंह धामी, धनगढीः कैलालीस्थित गौरीगंगा नगरपालिका–१, लठैयाका ४५ वर्षीय प्रदेशु चौधरी पहिला डकर्मी थिए। सुदूर पश्चिमका पहाडी जिल्लामा उनी घर बनाउने काम गर्थे। अरूका घर बनाउने प्रदेशुले आफ्नो घर बनाउन निकै तनाव झेल्नुप(यो। यसअघि उनी कहिले बैतडी त कहिले अछामतिर हुन्थे। अचेल उनी कहीँ जाँदैनन्। कारण उनको त्यही घर बनाउँदा लिएको ऋण र लघुवित्त संस्थाबाट पाएको पीडा हो। जेठ १७ गते पनि उनी पहाडतिरै काममा व्यस्त थिए। त्यसै दिन उनका कानमा नराम्रो खबर पुग्यो। त्यो खबर थियो, श्रीमती ३४ वर्षीया रेश्मा चौधरीको निधन। त्यो दिन रेश्मा आँगनमा बेहोस अवस्थामा भेटिएपछि उनका ७३ वर्षीय ससुरा चारु चौधरीले छोरा प्रदेशुलाई खबर गरेका…

Read More

काठमाडौंः साल्ट टेडिङ कर्पोरेसनको ढुवानी अनुदानमा प्राप्त आयोडिनयुक्त नुन हेलिकोप्टरबाट कर्णालीका विकट गाउँमा झारिएको छ। पैदल मार्ग हुँदै पुर्याउन प्रतिकूल भएपछि सुर्खेतमा रहेको नुन हुम्लाको सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट कैलाश एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो। साल्ट ट्रेडिङ सिमकोट शाखा प्रमुख राजबहादुुर लामाले चालु आर्थिक वर्षको दुई हजार दुुई सय क्विन्टल नुन गत फागुन १४ गतेदेखि कैलाशको हेलिकोप्टरमा ओसार्ने कार्य भइरहेको बताए। उनका अनुसार सुर्खेतदेखि पैदल मार्ग हुँदै दुल्लीकुनासम्म पुर्याएर त्यताबाट हेलिकोप्टरमा ढुवानी गरिएको हो। साल्ट ट्रेडिङको शाखा अन्तर्गतका तीन वटा गाउँपालिकाका लागि उक्त नुनको व्यवस्था गरिएको हो। जसमा खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडामा हेलिकोप्टरबाट नुन ढुवानी गरिएको छ। ‘प्रत्येक वडामा…

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) तुर्माखाँद गाउँपालिका वडानम्वर ४ को वडा कमिटी बैठक सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष एबं वडा अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षता र नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बयकको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।  बैठकमा पार्टीको २ महिने अभियानको बारेमा जानकारी सहित वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो । यस्तै वडाका काम प्रती समिक्षा गर्दै पार्टी संगठन बिस्तार तथा सुदृढीकरण गर्ने निर्णय गरिएको छ । बैठकका अवसरमा प्रमुख अतिथि तथा पार्टीको गाउँपालिका कमिटी ईञ्चार्ज बयकले पार्टी संगठन सुदृढिकरण र विस्तारका लागि पार्टी नेता कार्यकर्ता परिचालन हुनुपर्ने…

Read More

धनगढी: कैलालीको अत्तरियामा फागुन २५ र २६ गते स्टीम मेला लाग्ने भएको छ।अत्तरियास्थित एभरेष्ट एकेडेमीले स्टीम एक्स्पो तथा च्यालेन्ज नामक २ दिन कार्यक्रम गर्ने भएको हो। उक्त कार्यक्रमबारे आयोजकले आज (सोमवार) धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। आयोजकका अनुसार कोे स्टीम प्रोजेक्टमा करीव २० देखि २५ विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन्। यो प्रोजेक्टका लागि गोदावरी नगरपालिका लगायत विभिन्न संस्थाहरुले सहयोग गरेका छन्। यस्तै एभरेस्ट एकेडमीले पनि ३ लाख बराबरको बजेट यो प्रोजेक्टमा लगाएको छ। विशेषगरी यो कार्यक्रममा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहायता प्रदान…

Read More

झलारी: शुक्लाफाँटा नगरपालिकाले जनचेतना मूलक कार्यक्रम गर्दै नारी दिवस मनाउने भएको छ। आज शुक्लाफाँटाका अग्रज महिलाहरु र नगरपालिकाको महिला तथा बालबालिका शाखाबीच भएको छलफलमा जनचेतनामूलक कार्यक्रम गर्दै नरी दिवस मनाउने समझदारी भएको हो। नारी दिवसमा नगरपालिकाभित्रको कला, संस्कृति प्रदर्शन, सडक नाटक प्रदर्शनलगायतका कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। ‘आज नगरपालिकामा यस क्षेत्रका अग्रज महिलाहरुसँग छलफल भएको थियो, नारी दिवस झलारीको खुल्ला मञ्चमा कार्यक्रम गरि भव्य रुपमा मनाइनेछ,’ उनले भने, ‘त्यहाँ स्थानीय कला, संस्कृतिको प्रर्वद्धन तथा जनचेतना मूलक कार्यक्रम गरिनेछ।’ अन्तरराष्ट्रिय नारी दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभरी मनाइन्छ। राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला…

Read More

धनगढीः नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज कुबेर खड्काले नेकपा एमाले प्रवेश गरेका छन्। खड्काले एकीकृत समाजवादी र समाजपादी निकट विद्यार्थी संगठन त्गागेर आइतवार एमाले प्रवेश गरेका हुन्। उनलाई एमालेका पोलिट्व्युरो सदस्य तथा पार्टी कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले स्वागत गरेका थिए। एमाले नै विद्यार्थीहरुको लागि लड्ने पार्टी र संगठन भएकोले आफू एमालेका आएको खड्काको भनाइ छ। उनी नेकपा विभाजनका बेला समाजवादीमा लागेका थिए।

Read More

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताएका छन्। प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै शाहले सबैको साझा प्रतिनिधिको रुपमा काम गर्ने बताएका हुन्। ‘सबैको साझा प्रतिनिधिको रुपमा काम गर्नेछुँ,’ उनले भने, ‘समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लाग्ने छुँ।’ संघीयतालाई बलियो बनाउने गरी काम गर्ने उनले बताए। ‘प्रत्येक कदम संघीयतालाई बलियो बनाउने गरेर चाल्ने छुँ,’ उनले भने, ‘प्रदेश सम्बन्धी उठेको नकारात्मक आवाजलाई निस्तेज गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्छँ।’

Read More

धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्टले आफ्नो पार्टी सरकारमा सहभागी भएपनि खबरदारी गर्ने भूमिकामा रहने जनाएका छन्। प्रदेश सभा बैठकमा बोल्दै उनले माओवादी सत्ताभित्र प्रतिपक्षको भूमिकामा रहने बताउँदै मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने बताएका हुन्। माओवादी केन्द्रले शाहलाई विश्वासको मत दिने निर्णय गरेसँगै सत्ता पक्षको बेञ्चमा बसेको छ। राजनीतिक दलहरु प्रतिस्पर्धी नभएर मिलेर अगाडि बढ्नु पर्ने बताउँदै भट्टले प्रतिपक्षी दलले पनि सत्ताधारी भूमिका खेल्नु पर्नेमा जोड दिए। ‘दलहरु प्रतिस्पर्धी भएर होइन, परिपुरक भएर अगाडि बढ्नु पर्छ भन्ने बुझाइले आज हामी सरकारको पक्षमा उभिएका छौँ,’ उनले भने, ‘त्यसैले हामी सत्ता पक्षभित्र पनि…

Read More

कैलालीः भोलि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा माओवादी भित्र तीव्र विवाद पैदा भएको छ। केही बेर अघि माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदीय बैठकले माओवादीले विश्वासको मत नदिने निर्णय भएको जानकारी दिएका थिए । माओवादी संसदीय दलका नेताले अभिव्यक्ति दिए लगत्तै माओवादी सांसदले नै त्यसको खण्डन गरेका छन् । माओवादी सांसद ओम विक्रम भाट सरलले सामाजिक सञ्जाल मार्फत त्यस्तो निर्णय नभएको बताएका हुन् । ‘माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । हामी निरन्तर छलफलमै छौँ’…

Read More