Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हाे ।भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले…

Read More

काठमाडौं – शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२.९२ अङ्कले बढेर २१४०.३९ विन्दुमा पुगेको छ । आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो।आज रिलायन्स लाइफ इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको…

Read More

काठमाडौं – भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै सरकार स्थायी कर्मचारीहरूको संयन्त्रलाई हतोत्साहित बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको बताए । उनले भनेका छन्, ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्छ ।’ एमालेले सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ…

Read More

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको छ। दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देश सञ्चारलाई जानकारी दिए। हिजो नेपाल भ्रमणमा आएका लुले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन्। उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्का सँग पनि भेटवार्ता गर्ने जनाईएको छ। नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला लु नेपाल भ्रमणमा आएका हुन्। उनी हिजो काठमाडौँ आइपुगेका थिए। विदेशमन्त्री लु एमसिसी पास गर्नुअघि पनि नेपाल आएका थिए।  एसपिपी अघि नबढाउने भनी मन्त्रिपरिषद्ले…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा कछुवासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् । उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिबितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

Read More

काठमाडौँ – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ । साउन ४ गते नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा’ (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले ‘रोष्ट्रम कब्जा’ गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो । निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद…

Read More

काठमाडौँ – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज (शुक्रबार) दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ । हिजो (बिहीबार) प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो सभामुख सापकोटालाई बुझाउन लागेको समिति सचिवालय स्रोतले जनाएको छ । बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिने गरी समितिले प्रतिवेदन तयार पारेको छ । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ । समितिले नै मन्त्रालयको सिसिटिभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको…

Read More

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् । निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड बालुवाटार जानेछन् । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्डले देउवा भेट्न लागेका हुन् ।

Read More