Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अस्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सीएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। शर्मा शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन्। शर्मालाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरे। अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अस्ट्रेलियाको सिड्नीमा आयोजित (सीएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अस्ट्रेलिया प्रस्थान गरेका थिए। साउन ९ देखि ११ गतेसम्म चलेको कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका…

Read More

काठमाडौं – जापान भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो । प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले…

Read More

काठमाडौं – भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगर्भनर जगदीपको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

Read More

काठमाडौँ – सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ । संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति सार्वजनिक गर्न माग गरिरहेका वेला परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्राचार संवेदनशील विषय भएकाले सार्वजनिक गर्न नमिल्ने जवाफ दिएको हो । केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपी अस्वीकार्यबारे अमेरिकालाई पत्राचार गरेको जानकारी दिएका थिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संवेदनशीलताका विषयलाई सूचनाको हकसम्बन्धी ऐनले नै गोप्य राख्न भनेको जिकिर गरिन् । उनले द्विपक्षीय कूटनीतिक नोट एकपक्षीय रूपमा सार्वजनिक गर्न नमिल्ने बताइन् । एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को ६ असारको निर्णयबारे…

Read More

काठमाडौं – काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

Read More

काठमाडौं – निर्वाचन आयोगले गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरेको हो। ‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। आयोगले दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने उल्लेख…

Read More

काठमाडौं – नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । प्रकाशित सूचनाअनुसार प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडालको काज सरुवा भएको छ । त्यस्तै प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर बस्नेत र महाराजगञ्जमा अंगुर जिसीलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सूचीः

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

Read More

काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठक सार्वजनिक गरिएको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरुको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। मन्त्रिपरिषद्‌को सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गरेको छ। त्यस्तै उनलाई लुम्विनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गरेको छ। उनलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको छ। बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते…

Read More

मोरङ – विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो। ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे उनलाइ ठक्कर दिएको थियो। दुर्घटनापछि साइकलयात्री फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

Read More