Author: महेन्द्रनगर पोष्ट

काठमाडौ: प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नं। १ मा उपनिर्वाचन सुरु भइसकेको छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो। त्यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा। स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्। नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ। नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन्।

Read More

कञ्चनपुर: कञ्चनपुरमा महिलाको हत्या गरेको नरभक्षी बाघलाई सबैले हेर्न पाउने भएका छन् । नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले जानकारी दिए ।उनले आफूहरुसँग खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिने बताए । शुक्रबार उक्त बाघले बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए। बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको…

Read More

धनगढी: सुदूरपश्चिममा नयाँ प्रदेश प्रहरी प्रमुखकको रुपमा डिआइजी भरतबहादुर बोहरा आउन लागेका छन् ।केही दिनमा हालै बढुवा भएका बोहरा धनगढी पुग्ने र कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व हत्याउन बोहरासँगै अर्का डिआइजी अर्जुन चन्द पनि लागेका थिए। तर बोहरालाई नै सुदूरपश्चिम पठाउने कुरा फाइनल भएर सार्वजनिक हुन बाँकी रहेको प्रहरी स्रोतको भनाई छ। नयाँ आउन लागेका डिआइजी बोहरा अछामका स्थायी बासिन्दा हुन्।

Read More

काठमाडौं: गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको अवस्थामा आज आइतबार बिदा दिने या नदिने बारेमा स्पष्ट पार्न विज्ञप्ति सार्वजनिक गरेको छ । मन्त्रालयलाई मुस्लिम आयोगले ईद मनाउने निर्णयलाई आधार बनाएर बैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने र ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम बिदा दिनका लागि आग्रह गरेको थियो । शुक्रबार साँझ चन्द्रमा देखिएसँगै ९ गते शनिबार सार्वजनिक बिदाको दिन नै ईद परेको भन्दै शनिबार नै ईदको बिदा परेको जनाएको छ । यसबाट आइतबार…

Read More

काठमाडौं: आज प्रतिनिधिसभातर्फ रिक्त रहेकोतीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे । कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन-२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।

Read More

काठमाडौं: राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा आविष्कारको पक्षमा बृहत् जनआन्दोलन हुनुपर्ने विचार प्रकट गरेका छन् । हालै नेपाली विद्युतिय सवारी उत्पादक ‘यात्री’लाई सरकारले दर्ता असहयोग गरेपछि विदेश पलायन भएको समाचार आएपछि पुनले यस्तो बताएका हुन् । उनले आविस्कारको पक्षको बृहत् जनआन्दोलनको नेतृत्व गर्न आफु तयार रहेको बताएका छन् । उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व…

Read More

कञ्चनपुर: कञ्चनपुरमा चरेससहित ४ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेको प्रहरीले बताएको छ । पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जाँच गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम चरेस र नगद २८ हजार पाँच…

Read More

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। आज (शनिवार) दिउँसो बेपत्ता भएका ब्याँस गाउपालिका–२ तल्लो दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको हो। महाकाली नदी पारी भारततर्फ उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले जानकारी दिए। आधा घण्टाको दुरीमा सिङ्दलसिंहको शव फेला परेको उनले बताए। उनका अनुसार महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै थिइन्। नेपालतर्फ सडक…

Read More

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन्। आज (शनिवार) साढे १ बजेको समयमा तुइनबाट खसेर व्याँस गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले आज दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको खबर आएको बताए। उनका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यमा अहिले ५ जना प्रहरीको टोली खटिएको छ। भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ। बेपत्ता भण्डारीको खोजीमा स्थानीयबासी पनि जुटेका छन्।

Read More

धनगढीः सामाजिक सञ्जालमार्फत् अश्लील भिडियो पठाएर हैरान पार्दै आएका एक जना पक्राउ परेका छन्। रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई नेपाल प्रहरीको साइबर व्युरोले पक्राउ गरेको बताइएको छ। एउटी युवतीले हराएको मोबाइल भेटाएका महराले सोही मोबाइलमा रहेका युवतीका सामाजिक सञ्जालका विभिन्न एकाउन्टबाट युवतीकै आफन्तहरुलाई अश्लील भिडियो पठाएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। युवतीले मोबाइल हराएको केही दिनपछि आफ्ना सामाजिक सञ्जालका सबै खाताको नाम परिवर्तन गरेर अश्लील नाम राखिदिएको र ती एकाउन्टबाट आफ्नो सहोदर दाजुलाईसमेत अश्लील भिडियो पठाएको उजुरी साइबर बयुरोमा हालेकी हुन्। ब्युरोले सोही उजुरीका आधारमा अनुसन्धान गरी महरालाई पक्राउ गरेको जनाएको छ। उनलाई विद्युतीय कारोबार…

Read More