Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्पमा परेकाहरूको उद्धार तथा घाइतेको उपचारमा खटिन निर्देशन दिएका छन्। मुख्यमन्त्री रावलले बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्। उनले उद्धार तथा उपचारमा सहयोग गर्न अन्य सबै पक्षलाई आग्रह समेत गरेका छन्। यथाशीघ्र क्षतिको विवरण संकलन गर्दै उद्धार तथा उपचारका खटिन उनले सरोकारवालालाई निर्देशन दिएका छन्। यस्तै, थप पराकम्प जाने सक्ने जोखिम रहेकाले सजगता अपनाउन उनले आग्रह गरे। बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५।९ रेक्टर स्केलको भूकम्पले बाजुरामा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। बाजुरा, बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भूकम्पले भौतिक…

Read More

धनगढीः काठमाडौंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ। मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन-एनयू कलसाइनको यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो। विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो। सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन्। धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन्। बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र…

Read More

धनगढीः बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ। हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन्। अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण…

Read More

धनगढीः बाजुरामा ५ दशमलव ९ म्‍याग्निच्यूडको भूकम्प जाँदा घरहर भत्किएका छन्। बाजुराको बडिमालिका नगरपालिका ७ मा ३ वटा घर भत्केका हुन्। त्यहाँका डिएसपी सुर्य थापाका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ। उद्दारका लागि प्रहरी परिचालन गरिएको थापाले बताए।

Read More

धनगढीः सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बाजुराको मदना मेला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन्।

Read More

धनगढीः कञ्चनपुरको बेलौरीमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन्। बेलौरी नगरपालिका–८ को कलकत्ताकी बालिकाले माघ ३ गते घरमै शिशु (छोरा)लाई जन्म दिएको खुलेको छ । बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने कुरा खुलेको छैन्। बेलौरीकै एक जना शिक्षक, एक बैँकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएको छ तर प्रहरीले भने भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए। बेलौरीकै अन्य तीन जनाको नाम जोडिएपनि बालिकाले अस्वीकार गरेको दाबी प्रहरीको छ। प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु…

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ परेका छन्। पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले लागुऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सुपप्र ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएको स्थानीयले जानकारी दिए। ​ गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात शुरू भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।चिसोबाट बच्न न्यानो लुगा लगाउन,झोलिलो कुराको सेवन गर्न,घरबाहिर ननिस्कन आग्रह गरिएको छ। यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफुल सप्रिने आशा पलाएको…

Read More

धनगढीः बाजुराको बडिमालिका नगरपालिकाकी गर्भवती महिला जानकी विकको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ। बडिमालिका नगरपालिका–१ पिनालेखकी २६ वर्षीया विकको बाटोमा ज्यान गएको हो। नगर प्रवक्ता धर्मराज पाध्यायका अनुसार गत शनिबार ती महिलालाई पेट दुखेपछि जाँचका लागि परिवारले बाजुरा अस्पताल ल्याएका थिए। उनी मुटु सम्बन्धि रोगबाट पनि ग्रसित थिइन्। सामान्य औषधी दिएर बाजुरा अस्पतालका चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान परिवारलाई सुझाव दिएका थिए। उनका श्रीमान् रमेश भारतमा काम गर्थे। त्यसैले उनले गर्भवती श्रीमतीलाई थप उपचारको लागि भारतको दिल्ली लैजाने तयारी गरेका थिए। उनले बाजुरामा एम्बुलेन्सको खोजी गरे तर पाएनन्। आर्थिक अवस्था पनि कमजोर भएकाले सार्वजनिक यातायात ९बस०मै महेन्द्रनगर हुँदै…

Read More

कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो। वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो। वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसार पोसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको हो। प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उनले बताएका छन्। गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी…

Read More