Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपालको सुदूरपश्चिमस्थित प्रदेश र भारतीय उत्तराखण्ड प्रदेशबीच संयुक्त रुपमा पर्यटन प्रवर्द्धनका लागि छलफल गरिएको छ। हिजो (शनिबार) नेपालस्थित धनगढीबाट पदमविक्रम सिंहसहितका पर्यटन व्यवसायीलाई नेपालसँगै जोडिएको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्रीलाई भेटेका थिए। भेटका क्रममा सुदूरपश्चिमसँग निकट रहेको सो प्रदेश र सुदूरपश्चिमले संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्न सकिने विषयमा छलफल भएको थियो। भेटवार्ताको विषय जानकारी गराउदै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि नेपाल र उत्तराखण्डबीच आपसी पर्यटन प्रवर्द्धन गर्ने विषयमा पर्यटन व्यवसायीसँग छलफल भएको बताए। सो छलफलले नेपाल र भारतको पनि सम्बन्ध मजबुत हुने उनको दाबी छ।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा एकाबिहानै वर्षा भएको छ। आज (आइतबार) बिहान महेन्द्रनगर र आसपासका क्षेत्रमा वर्षा भएको हो। केही दिनदेखि चर्को गर्मीको सास्ती खेपिरहेका त्यहाँका स्थानीय वर्षापछि खुसी भएका छन्। उनीहरूले वर्षापछि गर्मीबाट राहत महसुस भएको बताएका छन्। उता नजिकै महेन्द्रनगरमा बिहानै वर्षा हुँदा धनगढीमा भने पानी परेको छैन। धनगढीमा पानी नपर्दा अहिले पनि टन्टलापुर घाम लागेको बताइएको छ। धनगढीसहित सुदूरपश्चिमको तराई क्षेत्रमा यसपाली निकै गर्मी छ। जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको बुझिएको छ।

Read More

धनगढी: कैलालीमा शनिबार मध्यरातमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको थियो। दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए। राति नै उनीहरुको उद्दार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्कीमा पुगाइएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै…

Read More

धनगढी: बैतडीको सिगास गाउँपालिकामा बेथिति नै बेथिति देखिएका छन्। हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले पालिकामा अध्यक्ष हरिसिंह धामीले बेथितिमा रेकर्ड नै बनाएको देखाएको छ। २ पटकसम्म चुनाव जितेका अध्यक्ष धामीले भ्रष्टाचार गर्नेदेखि कानुन नै मिचेर काम गरेको पाइएको छ। महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार अध्यक्ष धामीले कानुनले व्यवस्था नै नगरेको स्वकिय सचिव नियुक्त गरेर तलब खुवाएको देखिएको छ। अध्यक्ष धामीले आफ्नो पीएलाई पालिकाको सरकारी बजेटबाट अवैध रुपमा १ लाख ९७ हजार ४१२ रुपैयाँ तलब भन्दै खुवाएका हुन्। जबकी पालिका अध्यक्षले पीए राख्न नपाइने कानुनी व्यवस्था छ। हेर्नुस् प्रमाण

Read More

काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन इरान प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार साँझ इरान प्रस्थान गरेका हुन्। उनलाई विदाइ गर्न परराष्ट्र सचिव सेवा लम्साल, पराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई लगायतका अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए। इरानको तेहरानमा असार १० गते हुने एशिया सहयोग संवादको मन्त्रीस्तरीय बैकठपछि श्रेष्ठले द्वीपक्षीय भेटवार्ता थाल्ने छन्। उक्त बैठकको साइडलाइनमा उनले विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयका उपसचिव ज्ञानबहादुर मगरले वरिष्ठ अधिकारीको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते गते…

Read More

धनगढी: दार्चुलामा जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। शनिवार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको हो। आज १० बजेतिर भरुवा बन्दुकको गोली लागेको र उनको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख (डीएसपी) शिव सिंहले जानकारी दिए। उनका अनुसार लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ। गोली हानेको आशङ्कामा जयसिंहलाई भाग्ने क्रममा अहिले प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। अहिले जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-३ स्थित रिङरोडमा रहेको हिरा गजुरेलको घरमा जुवा तास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा प्रहरी टोलीले गजुरेलको घरमा छापा मारेको थियो । प्रहरी निरीक्षक जनक ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा मार्दा, जुवा खेलिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी-३ का ३२ वर्षिय धन शेर बिष्ट लगायत अन्य ६ जना रहेका छन्। पक्राउ परेको बेला उनीहरूबाट नगद ६५ हजार ५०५ र ३ गड्डी तास बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ। स्थानीय प्रहरी कार्यालयले यस घटनाको थप अनुसन्धान गरिरहेको…

Read More

धनगढी : भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । बझाङको जयपृथ्वी नगरपालिका-३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी प्रहरीसँगको भिडन्तमा पक्राउ परेका हुन् । प्रहरीको फरार सूचीमा रहि जनही २५ हजार रुपैँया पुरस्कार तोकिएका उनीहरुलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगरका एसपी सत्यनारायण प्रजापतीले बताए। उनीहरुलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीन जना सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी भिडन्तमा पक्राउ परेको र उनीहरु तीनै जनाको…

Read More

धनगढी : छाउगोठमा बेहोस अवस्थामा भेटिएकी अछामको पञ्चदेवल विनायक नगरपालिका–२, रिठेतोलाकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कार आरोपमा पक्राउ परेका सोही ठाउँका १७ वर्षीय किशोरमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी सन्तोष पाठकका अनुसार अदालतबाट ४ दिनको थुना म्याद लिएर ती किशोरमाथि अनुसन्धान भइरहेको हो। यस्तै, सामूहिक बलात्कारको आशंकामा अन्य सूचना संकलन गर्ने काम पनि प्रहरीले गरिरहेको छ। पीडित किशोरी अहिले जिल्ला अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको प्रहरीले जनाएको छ। पीडित किशोरी र पक्राउ परेका बलात्कार आरोपी १७ वर्षीय किशोरको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षण गरिएको…

Read More

काठमाडौं : देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो…

Read More