Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्दमाथि आक्रमण गरेर बाघले बेपत्ता पारेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन्। बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको अवस्था अज्ञात छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयले उक्त क्षेत्रमा महिलोको खोजी जारी राखेका छन् । डीएसपी डांगीकाअनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले दशरथ–भीम उद्यान (लभपार्क) लाई अत्याधुनिक पार्कका रुपमा विकास गर्ने जनाएको छ। उपमहानगरपालिकाले पार्कको विकासका लागि डिपिआर तयार गर्न आसयपत्रका लागि सार्वजनिक सूचना पनि निकालेको छ। धनगढी पार्कलाई नमूना पार्क बनाइने बताइएको छ। धनगढी पार्कमा सभा सम्मेलन, सेमिनार तथा वहुउद्येश्यीय प्रयोगका ल्याउने गरी विकास गर्ने योजना उपमहानगरको छ। धनगढी पार्कमा म्युजिकल फाउन्टेन राख्ने, साँझको समय व्यतित गर्न सहज हुने गरी पार्कलाई अत्याधुनिक बनाइने छ।

Read More

धनगढीः नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृपबहादुर वडले अहिलेका नगर प्रमुख गोपाल हमालले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। नेपाली काँग्रेसको वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। यस्तै उनले धनगढीका नगर प्रमुख हमाल निर्वाचित भएर आएपछि जनतासंग नजिक हुनुभन्दा पनि टाढा भागिरहेको बताए। ‘समन्वय र सहकार्य गरेर जनप्रतिनिधि अघि बढ्नुपर्छ। जनतालाई नभेट्ने, व्यवसायी तथा दुःखमा परेका व्यक्तिलाई नभेट्ने मान्छे जनप्रतिनिधि कसरी हुन्छ ?’ उनले भने, ‘निर्वाचित भएर आएपछि अहिलेसम्म वडाहरुमा पुगेका छैनन्। म जनप्रतिनिधि हुँदा हरेक महिनामा एक पटक पुग्थे। हरेक घरमा पुग्न नसकेको होला तर, वडाका समस्या बुझ्न आईरहन्थे।’ त्यस्तै अर्को सन्दर्भमा…

Read More

धनगढीः कैलालीमा प्रहरी नै तस्कर भएको खुलेको छ। जिल्लाको भजनी नगरपालिका नजिकैको भारतीय बजारबाट प्रहरीले नै लागुऔषधको तस्करी गर्ने गरेको पाइएको हो। बुधवार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिहं ऐरीको कमाण्डमा खटिएको टोलीले कुशुमघाटबाट ३३ ग्राम ब्राउन सुगरसहित दुई युवालाई प्रकाउ गरेको थियो। तीमध्ये एक जना ईलाका प्रहरी कार्यालय सुखडअन्तर्गत साडेपानी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरी जवान अंकित चौधरी लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रकाउ परेका थिए। प्रहरी नै लागुऔषध कोरोवारमा संलग्न भेटिएपछि प्रहरी संगठनकै बदनाम भएको छ।

Read More

धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ बन्द गरिएको छ। धनगढी उपमहानगरले पार्कमा ताला लगाएर बन्द गरेको हो। पार्कलाई २०६७ चैत २५ मा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्वाँर कन्स्ट्रक्सनलाई १२ वर्षे ठेक्का सम्झौतामा दिइएको थियो। ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिकेश श्रेष्ठले सञ्चालन गर्दै आएको पार्कको २०७६ चैतदेखि उपमहानगरले सम्झौताअनुसार पाउनुपर्ने रकम पाएको छैन। यस्तै कम्पनीले धनगढी उपमहानगरको नाममा अदालतमा मुद्दा हालेको छ भने सम्झौता मिति समाप्त हुँदा पनि पार्क छोडेको छैन। त्यसैलै उपमहानगरले पार्कलाई नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढीस्थित एक अस्पतालमा आज (बिहीवार) बिहानैदेखि लफडा भएको छ। धनगढीको केजी अस्पतालमा अस्पताल र डाक्टरले बिरामीलाई सास्ती दिएको भन्दै लफडा भएको हो। पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएको भन्दै बिरामीका आफन्तले विरोध जनाएका छन्। बुधवारदेखि अस्पतालमा उपचाररत रहेकी डडेल्धुराको आलीताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अन्यत्र लैजान भनेपछि विरोध गरिएको हो। अस्पतालले आफ्नी आमाको पित्त थैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बिहीबार साँझ अप्रेशन थ्रेटरमा लगिएको तर पछि गएर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको कुरुवा बसेका बोहराका छोरा…

Read More

धनगढीः धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा धर्मशाला निर्माण हुँदै छ। राष्ट्रिय योजना आयोगको सहयोग, घोडाघोडी नगरपालिकाको समन्वय र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको पहलमा धर्मशाला निर्माण हुन थालेको हो। तीन वर्षमा सम्पन्न हुने गरी योजना आयोगले घोडाघोडीमा धर्मशाला निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा छ करोड ६३ लाख रुपियाँ बजेट छुट्याएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले पहिलो चरणमा एक करोड ५० लाख बजेट धर्मशाला निर्माणका लागि नगरपालिकामार्फत आइसकेको जानकारी दिए। मालिका मष्टा निर्माण सेवा कम्पनीले आगामी मङ्सिरसम्म सम्पन्न गर्ने गरी तीनतले भवन निर्माणको जिम्मा पाएको छ। निर्माण कम्पनीका सञ्चालक भूमि जैसीले सम्झौताअनुसारको मितिभन्दा अगाडि…

Read More

धनगढीः झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेवल पुल निर्माण हुने भएको छ। नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। उत्तराखण्डको अल्मोडा र पिथौरागढ जिल्लाका प्राबिधिकहरुले हिजो स्थलगत निरीक्षण गरेका हुन। इन्जिनियर ओम प्रकाश नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको हो। यो पुल भारत सरकारको आर्थिक सहयोगमा बन्ने छ। पुल निर्माण हुने चर्चा सन् २००६ बाटै सुरु भएको थियो। त्यतिबेला अहिले झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना थियो। तर, पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढेन। अहिले नेपाल र भारतका…

Read More

धनगढीः नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनीधि सभा सदस्य डा‍‍ आरजु राणा देउवाले सुदूरपश्चिम काठमाडौंबाट सुदूर भए पनि सनातन धर्म, संस्कृति, सभ्यताका हिसावले केन्द्रमा रहेको बताएकी छन्। तीन दिने मानसखण्ड सम्मेलन समापन कार्यक्रममा उनले सो कुरा बताएकी हुन्। मानसखण्डको ठूलो महत्व रहेको चर्चा गर्दै यस क्षेत्रको विकासमा मानसखण्डको भूमिका रहने विश्वास उनले व्यक्त गरिन्। मानसखण्ड (सुदूरपश्चिम) को धर्म, संस्कृतिलाई जोगाएर धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गरेर, व्यवस्थित गरेर आर्थिक समृद्धि ल्याउन सकिने धारणा राखिन्। उनले सुदूरपश्चिममा जस्तो धेरै जात्रा अन्यत्र कतै नभएको भन्दै यसको फाइदा लिनुपर्ने बताइन्। नेत्री राणाले प्रदेश सरकारले मानसखण्ड क्षेत्रलाई जोगाउन र समृद्ध सुदूरपश्चिम प्रदेश बनाउन विशेष बजेटको व्यवस्था…

Read More

दार्चुलाः नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो। नेपालको बाटो हुँदै पिल्लर नम्बर–१ मा पुगेको सेनाले सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको हो। सो टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेटे। नेपाल–चीन पिल्लर नम्बर–१ हिउँले ढाकेको अवस्थामा फेला प¥यो, हिउँ सफा गरेर सीमास्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सहायकरथी ढकालले भने, “हाम्रो टोली व्यास गाउँपालिकामा पुगेको छ।” सेनाको टोली १० गते…

Read More