Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। उनले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबासको लागि घर घडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिए। उनले कुप्रचारको निर्मुल गर्न जरुरी भएकोले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए। प्रधानमन्त्री देउवाले हरुवा चरुवालगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने…

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेट भएको छ। सोमबार राजदूत बौरबाओले प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेटेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको स्रोत जनाएको छ। उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ। राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गरेका छन्। उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताएका छन्। भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमालसमेत सहभागी थिए।

Read More

काठमाडौँ – प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु काठमाडौँ आएका छन् । उनीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमडौँ आएका हुन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केही बेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनीहरु खुमलटार जाने तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेस प्रदेशका गृहमन्त्रीले बताए । २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरूको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

Read More

कास्की – पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । सिफारिस सूची :

Read More

काठमाडौं – प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो। भारतमा गएर मिर्गौला दान गरेबापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…

Read More

काठमाडौं – नेपाली सेनाको जङ्गी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । बैंक लिमिटडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । आइतबार नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्स काउन्टरको उद्घाटन गरेका हुन्। सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक श्री कृष्णाहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

Read More

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीलेका अनुसार उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार…

Read More

काठमाडौं- सोमबार सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

Read More

काठमाडौं – पछिल्ला केही दिनदेखि बढी रहेको गर्मीबाट केही हदसम्म भए पनि राहत मिल्ने सम्भावना देखिएको छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने छ,’ मौसमविद भट्टराईले भने, ‘बुधबार एरिया कभरेज थप बढ्छ ।’ मौसमविद भट्टराईका अनुसार अहिले पाल्पा, तनहुँ, मकवानपुर, इलाम र झापामा पानी परिरहेको छ । सोमबार बिहान करिब ६ बजेतिर प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक(दुई…

Read More