Author: महेन्द्रनगर पोष्ट

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् । कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो । नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपा एकीकृत समाजवादी प्यानलसहित विजयी भएको छ । पार्टीका जिल्ला अध्यक्ष जीवनराज थापाको गृहनगरमा एकीकृत समाजवादीले एक वडामा ‘क्लिन स्वीप’ गरेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार बिहान सार्वजनिक मतपरिणाम अनुसार पुनर्वास नगरपालिका–३ मा समाजवादीका कृष्णबहादुर तामाङ प्यानल सहित विजयी भएका हुन् । उनले ३९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका आइतबहादुर तामाङ्गले ३०१ मत मात्रै ल्याउन सके । यस्तै कांग्रेसका सुकलाल तामाङ्ग १४६ मत ल्याए । सदस्यमा समाजवादीका सुपा तामाङ ३७४ र बमबहादुर तामाङ ३६२ मत सहित निर्वाचित भए । यस्तै महिला सदस्यमा समाजवादीकी शान्ति तामाङ ३८४ मत, दलित महिला…

Read More

बारा- विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा बारामा पहिलो जित निकालेको छ । जिल्लाको फेटा गाउँपालिकामा विवेकशीलका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरिन् । स्थानीय तह निर्वाचन विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।

Read More

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीसमेत रहेकी अम्बिका चलाउने विजयी भएकी छन् । यससंगै उनी जिल्लाकै पहिलो महिला मेयर बनेकी छन् । यसअघि नगर उपप्रमुख चलाउनेले ३ हजार ६ सय ५३ मतसहित माओबादीका उम्मेदवार रामबहादुर बिकलाई पराजित गरिन् । चलाउनेका निकटतम प्रतिद्वन्द्वी बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्दबहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे । समाजवादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १ सय ५४ प्राप्त गरे । उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार हर्कबहादुर…

Read More

कञ्चनपुर- कञ्चनपुरमा कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ तिनचारास्थित दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१० गज्जरका २८ वर्षीय बिरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । गड्डाचौकीबाट सुकासालतर्फ आइरहेको चन्दले चलाएको म २ प ८०२४ नम्बरको मोटरसाइकल र भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय प्रेमराज अवस्थीले चालक रहेको सुकासालदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए । दुर्घटनामा परेर गम्भिर घाइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा…

Read More

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ । नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन् ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतगणना अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ । गणना भएका मतमध्ये मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् । स्थानीय तह निर्वाचनमा धनगढीमा ६३ हजार ७१५ मत…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले भनेको जस्तै ‘कोर यरिया’मा बालेन साह भन्दा तेब्बर बढी मत ल्याएका छन् । महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन् । रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन् । उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन् । अर्कातिर आँखीझ्यालका सुमन सायमीले ३१ भोट ल्याएका छन् ।

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर बिरेन्द्र भट्टले सपथ ग्रहण गरेका छन् । बिहीवार जिल्ला न्यायाधीस एवम् मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भट्टलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाइ ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए । कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए ।

Read More

बैतडी- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी बैतडीमा एक वडासमेत जित्न नसकेर निल बनेको छ। जिल्लाका १० पालिका र ८४ वडामा समाजवादीले एक सिट पनि ल्याउन सकेको छैन । पालिका अध्यक्ष र वडाध्यक्ष गरी ३७ ठाउँमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको नतिजा शून्य आएको हो । जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको समाजवादीले तीनै ठाउँमा पराजय व्यहोरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा भने २६ भोटले मात्रै समाजवादीका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा पदमा पराजित भएका छन्। अन्य ठाउँमा भने निकै मतान्तरले समाजवादीका उम्मेदवारहरु पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि समाजवादीले चुनावी समीक्षा समेत गरेको…

Read More