Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं- निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि लागू भइसकेको छ ।

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम अन्तर्गत बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको हो । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो । टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन् । “पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी…

Read More

दार्चुला- दार्चुलामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। जिल्लाका दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका भएको झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ । ‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ।’ प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवरलगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ । प्रहरीका अनुसार घाइते बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानमा उक्त घटना आत्महत्या देखिएको प्रहरीले जनाएको छ । उनी केही दिनअघि भएको १९औं एसियाली छनोट खेलमा भाग लिन उनी काठमाडौं आएकी थिइन् । सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । दुई वर्ष अघि नेपालमा नै भएको १३औं सागमा भारोत्तोलन खेलमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । प्रदेश १ का एक/दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ…

Read More

काठमाडौं- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।

Read More

काठमाडौं- निर्वाचन आयोगले नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र वितरण गरिरहेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएकाले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ । शुक्रबार हुने…

Read More

काठमाडौं- यही वैशाख ३० गते (पर्सी) हुने स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​ सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् । आयोगले मौन अवधि सुरु हुनुभन्दा…

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुरबाट सशस्त्र प्रहरी बलले गोलीसहित एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम लोकर्मागबाट सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल र गोली बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति आफूले बोकेको झोला फालेर भागेका थिए । उक्त झोला जाँच गर्दा कटुवा पेस्तोल र सोही पेस्तोलको एउटा गोली फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए ।

Read More