Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । प्रदेश १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ । प्रदेश एक, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजराति पनि पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन÷चटयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले…

Read More

काठमाडौं- भारतको राजधानी दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताए । उनले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताए । आगलागीमा परि १२ जना घाइते भएका जनाइएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् । बीबीसी हिन्दी

Read More

दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । लोथ्यालले १८३ मत ल्याएर विजय हाँसिल गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहराले २०२ ल्याउँदै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मानन्द मन्यालले १२३ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी देवकी बोहराले १६६ र एमालेकी उर्मीला बोहोराले १२१ मत ल्याएका छन् ।

Read More

बैतडी- बैतडीको सुर्नया गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन् । उनले १५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याए । सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका नगर प्रमुखका उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मत पाएका छन् । कांग्रेसबाट मेयरका उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मत ल्याएकी छिन् ।

Read More

कैलाली- कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको गोदावरी नगरपालिका, टीकापुर, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा मतगणना सुरु भएको हो । गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन् । उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । एक सय मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, काँग्रेसका शेरबहादुर कठरियाले २५ मत पाएका छन् । अन्य स्थानीय तहको मतपरिणाम आउनेक्रममा छ…

Read More

कैलाली- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक बोलाइएको छ । विहान साढे ७ बजे सर्वदलीय बैठक बोलाइएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उनका अनुसार मतपेटिका संकलनलगायत प्रक्रियामा समय लाग्ने भन्दै शुक्रबार राति मतगणना गरिएको थिएन । तर मतगणना गर्न माग गर्दै युवाहरूले शुक्रबार राति १२ बजेदेखि नाराबाजे गरेका छन् । यसरी नाराबाजी गर्ने युवाहरूमाथि प्रहरीले राति लाठी चार्जसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मतगणनास्थलमा नारावाजी हुन थालेपछि भिड नियन्त्रणमा लिन लाठी चार्ज गरेको बताएका छन् ।

Read More

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि मतदान स्थगित भएको जनाएको हो । उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ । त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना हिमाली जिल्ला मनाङबाट सुरु भएको छ । जिल्लाको चामे गाउँपालिकामा मतगणना सुरु भएको हो । कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । एमालेका लोकेन्द्रबहादुर घलेले १५२ ल्याउँदा उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । यस्तै काँग्रेसबाट अध्यक्षका उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्षमा मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । जिल्लाका अन्य पालिकाहरुमा भने मतगणना सुरु नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरका सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएपछि बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर उनको ेमृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

Read More