Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

बाँके- बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सोमबार राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गतेदेखि हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि आयोगले मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । साथै उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । दूरसञ्चार प्राधिकरणलाई नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल निर्देशन दिएको छ । –मौन अवधिमा के गर्न पाइँदैन ?मौन…

Read More

बैतडी- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बैतडीमा साढे २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन्…

Read More

कोलम्बो- श्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।श्रीलङ्कामा हिंसात्मक आन्दोलनमा सांसदसहित दुई जनाको मृत्युश्रीलङ्कामा हिंसात्मक आन्दोलन चर्किएको छ । हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसदले “त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान…

Read More

डोटी- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डोटीमा मंगलबारदेखि मदिरा निषेध गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा आइतबार बसेको बैठकले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्वाचनको परिणाम घोषणा नभएसम्म सक्रिय रहनेछ । वैशाख २७ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । स्थानीय तह निर्वाचन २०७९ स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मदिराजन्य पदार्थको बिक्री बितरण र सेवनबाट पर्न सक्ने असरलाई मध्यनजर गरि उक्त आदेश जारी गरिएको विज्ञप्तिमा…

Read More

बाजुरा- आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा सोमबार बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् । साथै मंगलबार (२७ गते) राति १२ बजेदेखि शुरु हुने मौन अवधिलाई पूर्ण तया परिपालना गर्ने, मतदानका दिन मतदातालाई स्वस्फूर्त रुपमा मतदान स्थलमा आउजाउमा सहयोग गर्ने र कुनैपनि किसिमको अवरोध सिर्जना नगर्ने, मतदानका लागि खटिने पार्टी प्रतिनिधिको नाम नामेसी सम्वन्धित मुख्य निर्वाचन र निर्वाचन कार्यालयमा यथाशीर्घ उपलव्ध गराउने सर्वदलीय बैठकले निणर्य गरेको छ । त्यस्तै निर्वाचनका क्रममा…

Read More

डडेल्धुरा- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेर निस्कासनमा परेका नेता कर्ण मल्लमाथि खनिएका छन् । सोमबार गृहपालिकाको गन्यापधुरा–२ बडालमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मल्लप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले मल्ल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोपसमेत लगाए । ‘मल्ललाई आफूपछि नेता बनाउँला सोचेको थिएँ,’ उनले भने, ‘अहिले सोही व्यक्ति ओलीको चाकरीमा लागेको छ ।’ उनले मल्लको क्रियाकलापले आफूलाई लाज लागेको टिप्पणी गरे । नेपाली कांग्रेसले मल्ललाई पार्टीको विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो । डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस बिपीमा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको…

Read More

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच मेलमिलापका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षार्थ देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । उहाँले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसा गर्नुभयो । निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताउनुभयो । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै बिभिन्न निकायहरुसग समन्वय र…

Read More