Author: महेन्द्रनगर पोष्ट

दाङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेखेको आरोपमा दाङका एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको उनले बताए ।

Read More

इलाम- माइक्रोबसका सहचालकले बालिकाको बलात्कार प्रयास गरेपछि मरणासन्न हुने गरि कुटएका चालकको मृत्यु भएको छ । २० वैशाखमा कुटपिटपछि घाइते भएका नुवाकोट तारकेश्वर गाउँपालिका–२, बगुवाका २१ वर्षीय दीपक ढुङ्गनाको शनिबार झापाको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी काठमाडौँ–इलामको माइक्रो बसका चालक थिए । २० वैशाखको साँझ उनीमाथि कुटपिट भएको थियो । कुटपिटपछि गम्भीर घाइते उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । थप उपचारको लागि उनलाई झापा रेफर गरिएको थियो । बिएन्डसीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौँबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई…

Read More

चितवन- भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ।भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो। घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए। रासस

Read More

कञ्चनपुर- आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । जिल्लाका ९ वटै पालिकामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचनका बेला हुनसक्ने सम्भावित अपराधिक गतिविधि नियन्त्रण गर्न निर्वाचन सुरक्षा निकायले जिल्लाभर सुरक्षा सर्तकता बढाएको उनले बताए । उनका अनुसार निर्वाचनको ४८ घण्टा अघि नेपाल–भारत सीमा बन्द हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार जिल्लामा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ…

Read More

कञ्चनपुर– आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका ९ वटै पालिकामा निर्वाचन सामग्री पठाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ९ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बताए । उनले मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि छुट्याएर राखिएको बताए । ‘‘३ लाख १ हजार १ सय ५० मतपत्र रुजु गरी मिलाएर राखेका छौँ’ मुख्य निर्वाचन अधिकृत धामीले भने ‘अहिलेसम्म निर्वाचनको काम द्रुतगतिमा अघि बढेको छ ।’ निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन…

Read More

काठमाडौँ- प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ । काउन्सिलले आइतबार विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ÷सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न÷नगराउन भनेको छ । “पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्तिरअपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” जारी…

Read More

काठमाडौं- गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै विज्ञप्ति जारी गर्ने पत्रकार सम्बद्ध पत्रकार संगठनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु क्षेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशिल पत्रकार संघ नेपालका सचिव पोखरेललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको हो । सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार अपिल जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

Read More

डडेल्धुरा- स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर मदिराको बिक्रीवितरण, ओसार–पसार तथा सेवनामा पूर्णरूपमा रोक लगाइएको हो । आइतबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको प्रशासनले जनाएको छ । प्रशासनले आइतबार एक सूचना जारी गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि सोमबारदेखि निर्वाचन परिमाण घोषणा नहुन्जेलसम्म मदिरा बिक्रीवितरण र सेवनमा पूर्णरूपमा रोक लगाइएको प्रजिअ जोशीले बताए । यदि कसैले यसविपरित गरेको पाइए प्रचलित…

Read More

दार्चुला- दुई नगरपालिका तथा सात वटा गाउँपालिका रहेको दार्चुलामा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामाग्री बुझेर खटिएका हुन् । आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामाग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताए । टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामाग्री बुझाइएको धामीले बताए । जिल्लामा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतको लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरु आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाई छ…

Read More

दार्चुला- दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने भएको छ । छांगरु र तिंकरमा सुरक्षाकर्मी लैजान सोमबार हेलिकप्टर आउन लागेको हो । नेपालतिर घोरेटोबाटो नहुँदा छांगरु र तिंकरमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । हेलिकप्टरमार्फत तिंकरको लागि प्रहरी पठाइने छ । तिंकर प्रहरी गत मंसिरमा हिमपातपछि सदरमुकाम खलंगा झरेको थियो । तिंकरका स्थानीय सदरमुकाम खलंगाबाट बसाई सरेर गाउँ फर्किसकेका छन् ।हेलिकप्टरमार्फत छांगरु र तिंकरमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गर्ने तयारी गरिएको छ ।

Read More