Author: महेन्द्रनगर पोष्ट

दार्चुला- सात महिनापछि व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको नेपाल टेलिकमको स्काई फोन सेवा पुनः सञ्चालन भएको छ। नेपाल टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङ आफैँ छाङ्गरु पुगेर टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याएका हुन् । मङ्गलबार कार्यालय प्रमुख गुरुङसहितको टोली भारतको बाटो भएर छाङगरु गएको थियो। व्यासमा स्काई टेलिफोन टावर सञ्चालन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए। “स्काई फोन सञ्चालन गरिएको छ, अझै पूर्ण रुपमा सुचारु गर्ने प्रयास भइरहेको छ, स्थानीय तह निर्वाचनका लागि भए पनि प्रभावकारी टावर सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ, यसअघि सशस्त्र प्रहरीको भिस्याटमार्फत दुई वटा ल्याण्डलाइन प्रयोगमा आएका थिए”, उनले भने। सो स्थामा टावर…

Read More

दार्चुला- व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षको भए। विगतमा गाउँ पञ्चायतको सदस्यसमेत रहेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन्। नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिनुभएको थियो। विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन्। महिलो पटक आफूहरुले निर्वाचनमा मतदान गर्नबाट वञ्चित हुनुपरेकामा उनको गुनासो छ। मतदान गर्ने इच्छा हुँदाहुँदै पनि मतदान केन्द्र पायक पर्ने ठाउँमा नहुँदा निर्वाचनबाट वञ्चित हुनुपर्ने अवस्था आएको ऐतवालको भनाइ छ। भोट हाल्ने हाम्रो अधिकार हो तर बसाइँसराइका कारण हामी गाउँ जान नसक्ने भएकाले मतदान केन्द्र खलङ्गामा पनि राखिए सहज हुने…

Read More

काठमाडौँ- यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ। विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ। त्यसको सम्भावना ९३५ देखि ४५ प्रतिशत० अनुमान गरिएको छ। आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई…

Read More

बैतडी- बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ । शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका–७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन् । दिउँसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए । मृतक ऐरकी श्रीमतीले लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो । विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए । अहिले मृतक श्यामको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ । यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई…

Read More

डोटी- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि डोटीमा दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताए । उनले भने, “यस पटकको निर्वाचन भएरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौँ, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गर्छौं ।” निर्वाचनका…

Read More

अछाम- अछाममा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अम्बकला बिरामी भएको थाहा पाएपछि स्थानीयले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । बिकले शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा छोरीलाई जन्मदिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो । उनलाई उद्धार गरेर प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् ।…

Read More

बाजुरा- बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजबादी)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बढिनन्दा नगरपालिका–९ मा पाण्डुसैनमा भएको झडपमा १६ जना प्रहरीसहित २० जना घाइते भएका छन् । नेकपा एकीकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको बाजुरा प्रहरीले जनाएको छ । झडपका क्रममा एकीकृत समाजबादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । रावतसहित एकीकृत समाजबादीका दुई र कांग्रेसका दुई जना घाइते भएका छन् । कांग्रेस कार्यकर्ताले समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकी तोडफोड गरेका छन् । चौकी तोडफोड हुन थालेपछि प्रहरीले हवाई फायर गरेको बाजुरा प्रहरीका…

Read More

बैतडी- बैतडीमा स्थानीय तहको निर्वाचनमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम नआउन्जेलसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारीहरूको सहभागिता रहेको थियो । निर्वाचन आचारसंहितामा पनि २७ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । बैतडीमा भने एकदिन अघिबाटै रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी…

Read More

दार्चुला – दार्चुलामा टाइफाइड रोग विरुद्धको खोप अभियान अन्तरर्गत जिल्ला भरीका करिब ३९ हजार भन्दा बढि बालबालिकाले खोप पाएका छन । गत चैत्र २५ गते देखि ३० गते सम्म संञ्चालन गरिएको अभियान अन्तरर्गत ३९ हजार ११९ जना बालबालिकाले खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । खोप अभियानमा जिल्लाभरीका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३९ हजार भन्दा बढि बालबालिका लाभान्वित भएको खोप सुपर भाइजर विरेन्द्र भट्टले जानकारी दिएछन । जिल्लाकाभरीका ४३१ वटा खोप केन्दबाट संञ्चालन गरिएको खोप कार्यक्रम अन्तरर्गत महाकाली नगरपालिकामा ७ हजार ४२६ जना बालबालिबाले टाइफाइड रोग विरुद्धको खोप पाएका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा ३हजार ८३३…

Read More

दार्चुला – नेपाल र भारत सिमा भएर बग्ने महाकाली नदीमा जुनसुकै बेला पनि जलस्तर बढ्न सक्ने भन्दै एनएचपीसीक लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । पिथौरागढ जिल्ला अन्तरगतको धारचुला तहशिल छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनको बाँधबाट जुनसुकै बेला पनि महाकालीमा पानी आउने तथा जलस्तर बढ्न सक्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बृद्धि भईरहेको तथा बाँधको स्पिलबे रेडियल गेटको मर्मत कार्य सुरु भइरहेको भन्दै बाँधको गेट खोलिन हुँदा नदिमा जलस्तर बढ्ने भारतिय पक्षले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै महाकाली नदीमा जुनसुकै बेला…

Read More