Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । बिहीबार सुनुवाइ नसकिएपछि शुक्रवारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा परेका थिए ।

Read More

काठमाडौं – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो । गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ । वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरूबिच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ । सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता…

Read More

काठमाडौं – नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी दिइएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेर गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् । यसअघि बिहीबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन…

Read More

काठमाडौं – वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२% अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई उक्त आइपीओ जारी गरेको हो । त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ…

Read More

काठमाडौं – कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरे । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम…

Read More

कैलाली– कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।

Read More

हेटौंडा– नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल एमालेमा प्रवेश भएका छन् । राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।

Read More

युक्रेन- युक्रेनमा एक बेलायती नागरिकको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् । युक्रेनका स्रोतहरूले बीबीसीलाई मृतक स्कट सिब्ली रहेको र उनी युक्रेनी सेनाका लागि लडिरहेको बुझिएको छ। उनी द्वन्द्वमा मारिएको पुष्टि भएको पहिलो बेलायती नागरिक भएको बेलायतको विदेश मन्त्रालयको कार्यालयले जनाएको छ । विदेश मन्त्रालयले भने दुवै जनाको परिचय खुलाएको छैन । सिब्लीको मृत्युको विवरण र दोस्रो व्यक्ति कसरी वा कहिले बेपत्ता भयो भन्ने विवरण पनि दिइएको छैन।

Read More