Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विराटनगर महानगरपालिकामा धमाधम उम्मेदवारी फिर्ता गर्न थालेको छ । विराटनगर महामगरको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका हुन् । यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले…

Read More

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको नेकपा एमालेले आरोप लगाएको छ । उम्मेदवारी फिर्ता लिन दबाब दिएपनि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोकबहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो । तामाङको अपहरणमा निर्वाचन आयोगका अधिकृतको पनि मिलेमतो भएको आशंका रहेको एमालेले जनाएको छ । तामाङ सम्पर्क विहीन छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिकै अल्पकालिम अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्चले जनाएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले गत मंगलबार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको आदेशसँगै पुनः काममा फर्किसकेका छन्। गत २४ चैतमा सरकारले आफूमाथि छानबिन गर्ने निर्णय गरेपछि निलम्बनमा परेका अधिकारीले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। रिटमाथि भएको आदेशमा दुवै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाउने आदेश भएको थियो।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाडौं – अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल…

Read More

काठमाडाैं – नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको सञ्चालक अस्गर अलीले पदबाट राजिनामा दिएका छन् । अलीले वैशाख १२ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिएका हुन् । इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अली बाहिरिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भएर काम पनि गरिसकेका छन् । त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । क्षेत्रीले केही दिनमा राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् ।

Read More

काठमाडौं – सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागू औषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ । थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको बताएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललेआयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने समेत जानकारी दिएका छन । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको…

Read More

काठमाडौं – हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि तीन हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । आज तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको हो । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोलीले कुखुरा, अण्डा र दाना नष्ट गरेको हो । फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते नमूना पशु विभाग काठमाडौँ पठाइएको थियो । सात दिनपछि बिहीबार बर्डफ्लु प्रमाणित भएको रिपोर्टका आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा.…

Read More

काठमाडौं –  निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो । ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका…

Read More