Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । अर्थ…

Read More

काठमाडौं – आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । आइजिपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आइजिपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका छन् । सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । उता पोखरेल पक्षमा वकिलहरु मेघराज…

Read More

काठमाडौं  – गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुगेका हुन् । निर्वाचन सुरक्षाबारे जानकारी लिन राजविराज पुगेका गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् । उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।

Read More

महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउन लागेका छन् । कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम आउन लागेका हुन् । आज एकै दिन कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ः३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भले जानकारी दिए ।

Read More

काठमाडौं – साताको पाँचौं दिन आज एकैदिन बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ । नेपाली बजारमा आज (बिहिबार) सुनको सुनको मूल्य बिहीबार १४ सयले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्।कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। त्यो सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए। ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने। उनलाई उपचारका लागि दाङ लगिएको छ। आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ। माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर…

Read More

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए । पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी रहेका छन् । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि…

Read More

काठमाडौं – नेपाली कांग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरु, भ्रातृ संघहरु, शुभेच्छुक संस्थाहरु लगायत विदेशस्थित जनसम्पर्क समितिहरु समेत क्रियाशील रहेको कांग्रेसले जनाएको छ । भरतपुरमा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहालको मेयर पदमा उम्मेदवारी रहेको छ भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी चुनावी मैदानमा छन…

Read More

काठमाडौं – आज बिहीबार वैशाख २२ गतेदेखि अपर सोलु हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।…

Read More

काठमाडौं – मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ मा शङ्कास्पद वस्तु फेला परेको छ। नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैवारिमा तार जडित अवस्थामा प्रेसर कुकर फेला परेको हो। ढकाल वडा सदस्यका उम्मेदवार छन्। मकैवारिको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानै प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शङ्कास्पद वस्तु तार जडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौँ’ भन्ने लेखेर टाँसिएको छ। घटनास्थलमा नेपाली सेना पुगेर उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्ने प्रहरीले बताएको छ।

Read More