Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने ३२ दलहरुलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी रहेको आयोगले जनाएको छ । आयोगले नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई स्पष्टीकरण सोधिएको छ । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग…

Read More

चितवन– सत्ता गठबन्धनको पहिलो चुनावी सभास्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो । सभाका लागि अघिल्लो दिन नै तयार पारिएका मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल भइरहेको चितवन गठबन्धनका स्थानीय नेताले जनाएका छन् । सभामा सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन पुगिसकेका छन् । आमसभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने जनाइएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका…

Read More

कैलाली- स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिए । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन…

Read More

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई भेट्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा जिताउन पौडेलको उम्मेदवार फिर्ता लगाउने उद्देश्यले देउवा उनलाई भेट्न लागेका हुन् । भेटमा देउवाले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गर्ने उनको सचिवालयले जनाएको छ। सिङ्गो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका छन् । देउवाले बिहीबार त्यहाँस्थित विभिन्न आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने छ । राती केही भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

दोलखा – दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Read More

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) सुदूरपश्चिम आउँदै छन् । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् । ओलीले बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभालाई उनले सम्बाधन गर्ने नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन् भने अन्तिममा धनगढीको कार्यक्रमलाई सम्बोधन…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब निरीक्षक  नारायण दत्त पौडेललाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको हो । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो । बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएकोमा वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस गरिएको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ । तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउंमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त…

Read More

दार्चुला – दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए । भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रहमदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ। चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ…

Read More

दार्चुला – ०७४ सालको स्थानीय तह निर्वाचनमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका प्रमुखको उम्मेदवार नेपाली काग्रेसका हंशराज भट्टले २९ बुद्धे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो । महत्वकांक्षी निर्णय गर्नुभएका काग्रेसका उम्मेदवार भट्टले चुनाव जितेपछि प्रतिबद्धता कार्यान्वयन भने फितलो देखिएको छ । तीन वर्षभित्र सबैको घरमा चौविसै घण्टा खानेपानी व्यवस्थापन र एक वर्षभित्र खानेपानीको व्यवस्था हुने उल्ल्ेख गरिएको छ । तर स्थानीय सरकार पाँच वर्ष चलाएका भट्टले अहिलेसम्म बजार क्षेत्रमै खानेपानीको व्यवस्थापन गर्न सकेका छैनन् । अहिले सदरमुकामबासीको धारामा दिनमा एक पटकमा आधाघण्टा पनि पानी आउँदैन् । गर्मी समयमा झन बजार क्षेत्र सुख्खा हुने गरेको छ । ९ वटै वडाका प्रत्येक घरधुरीमा…

Read More