Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर पुगेका छन्। विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री देउवा विराटनगर आएका हुन् । कांग्रेसले आजदेखि स्थानीय चुनाव केन्द्रित सभाहरू सुरू गरेको छ । विराटनगरबाट सुरू भएको सभा वैशाख २७ मा डडेल्धुरा पुगेर सकिनेछ। आज विराटनगरमा नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम छ। विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। प्रधानमन्त्री देउवा भोलि चितवनमा हुने चुनावी सभामा सहभागी हुनेछन्।

Read More

काठमाडौं – नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधवारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो । भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बास्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताए । ‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरूले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरीत स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरूले हामीलाई कारबाही…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ शुरु भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेकोब्सो रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए ।राति त्यही होटलको कोठामा बसेका उनी मृत फेला परेका हुन् । उनीसँगै बसेका साथी आशीष चन्द भने बिहान कोठाबाट भागेर घर पुगेको खुलेपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ चलिररहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले घटनाबारे अनुसन्धन भइरहेको छ । थप विवरण आउन बाँकी रहेको जनाए । उनका अनुसार…

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । विमानस्थल अस्तव्यस्त बनेको थियो । वस्तु फेला नपरेपछि करिब डेढ घण्टापछि विमानस्थल सञ्चालनमा आएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् । विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए । गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ । केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए । निरीक्षणको क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए ।

Read More

भोजपुर- एघार वर्षीया बालिकालाई यौन दुर्व्यव्यहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुर्व्यव्यहार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

नवलपरासी- लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको लहर डरलाग्दो रूपमा फैलिँदा पनि कसैले चुनावी मुद्दा नबनाएको भन्दै असन्तुष्टि जनाएका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले संविधानले नै निषेध गरेको सङ्गठित धर्म परिवर्तन रोक्न कुनै पनि स्थानीय तहका उम्मेदवारका प्रतिबद्धतामा नपरेको बताएका छन् । ‘धर्म परिवर्तनको डढेलो देशभर डरलाग्दो रूपमा फैलिरहेको छ। तर,कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्’, उनले लेखेका छन्, ‘संविधानले नै निषेध गरेको प्रलोभन र भ्रममा पारेर गरिने सङ्गठित धर्म परिवर्तन आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।’

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । विमानस्थलमा त्यस्तो शंकास्पद वस्तु फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पुष्टि भएको हो । ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र…

Read More