Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् । आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’ ‘‘।सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्,’ डा. कोइरालाको विज्ञप्तिमा लेखिएको छ, ‘कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको…

Read More

काठमाडाैँ- एसइईको नतिजा प्रकाशन भएपछि मात्र कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया सुरु गर्न कामाडौं महानगरपालिकाले विद्यालय र कलेजहरुलाई आग्रह गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईईं) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गर्न थालेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो। एसइई परीक्षा चलिरहेकै बेला कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको परिपत्रमा भनिएको छ, ‘यस परिपत्रको विपरित भए गरेको पाइएमा नियमानुसार भइजाने व्यहोरासमेत जानकारी गराइन्छ।’

Read More

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको उम्मेदवारविरुद्धको परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ । आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५…

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार देशकका ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा १० हजार १६१, लुम्बिनी प्रदेशमा १५ हजार ८२८, कर्णाली प्रदेशमा ७ हजार ७५३, गण्डकी प्रदेशमा १० हजार ९३३, बाग्मती प्रदेशमा १२ हजार १८६ र…

Read More

काठमाडौं- सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । मन्त्री परिषद्को मंगलबार बसेको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यही वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जान लाग्नुभएको थियो । हालका महानिरीक्षक पुष्पराम केसीपछि अर्याल सो सङ्गठनको महानिरीक्षकमा बढुवा हुने भएका छन् ।

Read More

सप्तरी- घरेलु हिंसा मुद्दामा सप्तरी जिल्ला अदालतले अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका–६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ, उनले भनिन्न । नेपाल समाचारपत्रमा खबर छ…

Read More

कैलाली- कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ । जिल्लाका कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएका कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिएका हिराजन विष्टविरुद्ध उजुरी परेको छ । पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिनुभएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए । कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । जिल्लाका अन्य…

Read More

काठमाडौं- छिमेकी देश भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दिल्लीमा ८६३ संक्रमितहरु निको भएका छन् । हाल दिल्लीमा कोरोना सक्रिय बिरामीहरुको संख्या ४५०८ पुगेको छ ।

Read More

काठमाडौं- कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै उजुरी परेपछि नेकपा एमालेकी शिल्पा निराला कार्कीले राजीनामा दिएकी छन् । सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन् । कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । राजीनामा पत्र तोक लगाएर दर्तासमेत नगरी राखिएको उनले बताए । नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ। कार्कीलाई केपी ओली नेतृत्वको…

Read More

नुवाकोट- नुवाकोटमा काँग्रेसका एक सय ३० जना भन्दाबढीले एकैपटक सामूहिक राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीले चालेको कदमकाविरुद्ध नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन् । उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिए । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षीय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

Read More