Author: महेन्द्रनगर पोष्ट

सप्तरी- सप्तरीमा विहेको बाजा बजाउने विषयमा विवाद हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो। डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्‍यो भन्दै गाउँका केही गैरदलित युवाले केही समय जन्तीलाई रोकेका थिए। वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबु आमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए। जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ। सो…

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ। स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका सबै उपाय र रणनीतिमा कुनै कसर बाँकी नराख्ने गरी निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘निर्वाचनमा कहीँकतैबाट चुनौती आउन नदिने गरी सुरक्षाको व्यवस्थापन गरिरहेका…

Read More

काठमाडौं- प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको काउन्सिलले जनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २…

Read More

कैलाली- कैलालीका विभिन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन अपिल गरिएको छ । गठबन्धनमा आबद्ध प्रमुख तीनले बुधबार संयुक्त रुपमा अपिल गरेका हुन् । नेपाली काँग्रेसका प्रदेश सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज दीर्घ सोडारीले बुधबार संयुक्त रुपमा अपिल जारी गरेका हुन् । वैशाख ११ गते गठबन्धनमा भएको सहमति अनुसार १३ वटा पालिकामा तालमेलका आधारमा उम्मेदवारी दिने सहमति भएको थियो । पालिकाका विभिन्न पदमा पार्टीको नामबाट र स्वतन्त्र रुपमा समेत गठबन्धनमा आवद्ध दलकै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले…

Read More

रौतहट- यसअघि काँग्रेसबाट रौतहटको गुजरा नगरपालिकाको मेयरका दाबेदार रहेका सेख एकरामुल हक अहिले एमालेबाट मैदानमा उत्रेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि हक केहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।

Read More

काठमाडौं- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केही खेलाडी अनुपस्थित भएका छन् । मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित हुन् । होस्टलमा खेलाडी राखेको र प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको विषयमा विवाद भएको खुलेको छ । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।

Read More

काठमाडौं- नेपाली काँग्रेसले भोजपुरले जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गर्नेलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको हो । आमचोकका काँग्रेसका १० जना उम्मेदवारले फिर्ता नलिए सधारण समेत नरहने गरी कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। अल्टिमेटम दिनेमा आमचोक वडा ३ का सञ्जय राई, कुमारी राई, वडा नम्बर ४ का रमेश विष्ट, निर्मला राई, वडा नम्बर ५ का संजय राई, कौसिला नेपाली,वडा ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, वडा १० का विन्द्रबहादुर श्रेष्ठ छन् ।

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार सुदूरपश्चिमका पाँच जिल्लासहित २२ जिल्लामा मतपत्र पठाएको छ । आयोगले हालसम्म छापिएका ३४ लाख मतपत्र जिल्लामा पठाएको जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड गरि २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको आयोगले जनाएको छ । आयोगले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ आयोगले जनाएको छ । वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३…

Read More

बैतडी- बैतडीमा मेयरका उम्मेदवारसहित १२ जनाविरुद्ध उजुरी परेको छ । सबैभन्दा बढी पाटन नगरपालिकामा सात जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारी विरुद्ध दुईजनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए । भण्डारी पाटन नगरपालिकाकै लेखापरीक्षकको रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको छ । यस्तै वडा सदस्यका उम्मेदवारहरु हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको शिवनाथ गाउँपालिकामा पनि एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More