Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त…

Read More

कैलाली – सत्ता गठबन्धन दलबीच कैलालीमा भएको भागबडाका विषयमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले असहमति राखेका छन् । उनले प्रदेशका अन्य केही जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भइरहँदा कैलालीका सबै स्थानीय तहमा भागबण्डा गर्नुपर्ने कारण नभएको भन्दै असहमति जनाएका हुन् । उनले सामाजिक सञ्जालमा ‘नोट अफ डिसेन्ट’ लेख्दै कैलालीको भागबण्डामा आफ्नो पूर्ण असहमति रहेको बताएका छन् । गठबन्धनको महत्वपूर्ण छलफलमा केन्द्रीय सदस्यहरुले सल्लाह नै नदिएको पनि उल्लेख गरेका छन्। ‘सुदूरपश्चिमका अन्य जिल्लामा कहीँ कुरा नमिले मित्रवत प्रतिस्पर्धा गर्ने, तर कैलालीका हकमा सबै स्थानीय तहमा गठबन्धन गर्ने बाध्यात्मक परिस्थिति के आई लाग्यो ?,’ उनले प्रश्न गर्दै भनेका छन्,…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)ले रणबहादुर चन्दलाई अघि सारेको छ । एमालेको सचिवलाय बैठकले चन्दलाई मेयर बनाउने निर्णय गरेको हो । यसैगरि बैठकले उपमेयरमा नन्दकला रानालाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार चन्द तीस वर्षदेखि नेकपा (एमाले) को राजनीतिमा सक्रिय छन् । चन्द यसअघि पुसमा भएको जिल्ला अधिवेशनमा रतन थापासंग चार मतले पराजित भएका थिए । उनी त्यसअघि पार्टीको जिल्ला उपाध्यक्ष थिए ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिंह चैसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चैसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चैसिरको नाम सुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नं. ९ दत्तुमा जन्मिएका चैसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध छन् । उनी नेपका एमाले महाकाली नगर कमिटी अध्यक्ष समेत हुन् । अंग्रेजी विषयबाट स्नातकोत्तर गरेका चैसिर १० वर्ष शिक्षण पेशामा समेत आवद्ध रहेका थिए । उनले दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए। उनी २०७४ सालको स्थानीय…

Read More

दार्चुला- दार्चुलामा सत्ता गठबन्धनबीच सीट भागवण्डामा असन्तुष्टि भएपछि नेकपा एकीकृत समाजवादीले जिल्लाका विभिन्न स्थानीय तहमा छुट्टै उम्मेदवारी दिने घोषणा गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष बीरबहादुर ठगुन्नाले सत्ता गठबन्धनमा रहेका नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुको अपमान गरेको भन्दै छुट्टै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । ‘सत्ता गठबन्धनको मर्म र भावनामा गम्भीर चोट पुगेको अनुभव भएको छ,’ उनले भने, ‘हामीलाई भागवण्डामा समावेश गरिएको छैन् ।’ उनले अपमानित हुँदै पार्टीको अस्तित्व नरहनेगरी गठबन्धनमा रहन नसकिने बताए । जिल्लामा स्थानीय तह भागवण्डामा नेपाली कांग्रेसले पाँच स्थानीय तह प्रमुख र सात वटा स्थानीय तह उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार वटा…

Read More

बाजुरा- बाजुरामा काफल खानेक्रममा रुख ढल्दा सात जना घाइते भएका छन् । जिल्लाको बडिमालिका–८ को वनमा काफल खोनक्रममा रुख ढलेर सोही स्थानका १४ वर्षका दिपक रावल, १६ वर्षका कमल रावल, दिलु रावल, कमल रावल, भीम रावल, विवेक रावल र सुजन रावल घाइते भएका छन् । उनीहरु करिव ५ बजेतिर सोही वडाको खर्रा भन्ने ठाउँमा शनिवार काफल खान गएका थिए । घाइते भएका सात जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेपालगञ्ज । नेपालगञ्जमा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । भागबन्डामा नपरेपछि नेपालगन्जका माओवादी नेताहरूले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् । सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली काँग्रेसलाई दिने सहमति भएको थियो ।

Read More

कैलाली- स्थानीय तहको निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका जिल्लाका नाका ७२ घण्टासम्म बन्द गरिने भएको छ । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो । गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका…

Read More

कैलाली- सुदूरपश्चिममा पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । मधेश केन्द्रीत दलसँग चुनावी तालमेल गर्दै जसपाले धनगढीको मेयर र उपमेयरमा उम्मेदवार उठाएको हो । जसपाले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको हो । जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ । अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने जनाएको छ ।

Read More

कैलाली- सत्ता गठबन्धन दलले धनगढी उमहागरपालिकामा नेपाली कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयरको उम्मेदवार उठाउने भएका छन् । शनिबार काठमाडौँबाट धनगढी फर्केका वडले आफूले मेयरको टिकट पाएको बताए। उनी मेयरको टिकटका लागि केही दिनदेखि काठमाडौँमा थिए। उनी यसअघि २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै मेयर भएका थिए । यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिश भएको थियो । त्यस्तै, माओवादीले अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले अधिकारीलाई नै उपमेयर बनाउने…

Read More