Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (बिहीबार) अपिल जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ तर कांग्रेसका नेता कार्यकर्ताले…

Read More

काठमाडौं – अछाममा बुधबार राति चक्कु प्रहार भएको छ । चक्कु प्रहार हुदां चार जना घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेका छन् । स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । पहरीका अनुसार सो अवस्थामा एक समुहले अर्कोलाई चक्कु प्रहार गरेको हो । चक्कु प्रहार गर्ने समूहको एक तपेन्द्र बुढा रहेका छन् जो प्रहरीले नियान्त्रणमा लिएको जनाइएको छ । अन्य फरार रहेका छन् । चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको…

Read More

पोखरा – म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

Read More

लन्डन – युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन । यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए । पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए । बुधबार रुसी ग्यास कम्पनी…

Read More

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारी सम्हाल्दैं आएका थिए । अध्यक्ष कमल थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए।

Read More

काठमाडौं – आज बिहीबार सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ९४८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकोमा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेसको टिकट वितरणमा मनोमानी भएको भन्दै विवाद सृजना भएको छ । टिकट वितरणमा विभेद, जातिवादी, आफन्तवाद, परिवारवाद भएको भन्दै नेता कार्यकर्ता रुष्ट भएका छन् । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले आफन्त, नातेदार बहिनी सहितका आफन्तलाई मात्रै छानिछानि टिकट दिएको भन्दै उपमेयरमा नितु भट्ट सहितले बागी उम्मेदवारी दिएका छन् । काँग्रेसबाट नितु भट्टले उपमेयर, ४ नम्बर वडाध्यक्षमा कैलाश चन्द, ३ नम्बरमा पुष्पराज जोशी, १० का वडा सदस्य प्रकाश भट्ट सहितका दर्जनौँ काँग्रेस नेता कार्यकर्ताले टिकटमा असमानता भएको भन्दै बागी उम्मेदवारी दिएका छन् । उमेयरकी प्रत्यासी समेत रहेकी नितु भट्टले खुलेरै काँग्रेस नेता रमेश लेखकले आफ्नी बहिनी अघि…

Read More

विराटनगर- प्रहरीले चित्तलको दुईवटा सिङसहितको टाउकाको छाला भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापा छन् । प्रहरीले उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट गत आइतबार साँझ पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिए। उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाएको हो । झोलामा राखेर जोगवनीतिर लग्दै गरेको अवस्थामा प्रहरीले थापाको साथबाट बरामद गरेको वस्तु चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको छ। वरिष्ठ पशु चिकित्सक सुशीलकुमार अधिकारी र पुरुषोत्तम पाण्डेको टोलीले उक्त वस्तु वन्यजन्तु…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भू–भागमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ । बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी…

Read More

काठमाडौं- कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थानीय तहको चुनावका कारण स्थगित भएको हो । आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै वैदेशिक रोजगार विभाग ईपीएस शाखाले परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा २६ वैशाखमा हुने भनिएको थियो ।

Read More