Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली काँग्रेसले भोजपुरले जिल्लाको आमचोक गाउँपालिकामा गठबन्धन नीति विपरित नेकपा एमालेसँग तालमेल गर्नेलाई उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । गाउँपालिकाका काँग्रेसका नेताहरुले एमालेसँग तालमेल गरेपछि जिल्ला पार्टी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन दुई दिने अल्टिमेटम दिएको हो । आमचोकका काँग्रेसका १० जना उम्मेदवारले फिर्ता नलिए सधारण समेत नरहने गरी कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। अल्टिमेटम दिनेमा आमचोक वडा ३ का सञ्जय राई, कुमारी राई, वडा नम्बर ४ का रमेश विष्ट, निर्मला राई, वडा नम्बर ५ का संजय राई, कौसिला नेपाली,वडा ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, वडा १० का विन्द्रबहादुर श्रेष्ठ छन् ।

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार सुदूरपश्चिमका पाँच जिल्लासहित २२ जिल्लामा मतपत्र पठाएको छ । आयोगले हालसम्म छापिएका ३४ लाख मतपत्र जिल्लामा पठाएको जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड गरि २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको आयोगले जनाएको छ । आयोगले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ आयोगले जनाएको छ । वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३…

Read More

बैतडी- बैतडीमा मेयरका उम्मेदवारसहित १२ जनाविरुद्ध उजुरी परेको छ । सबैभन्दा बढी पाटन नगरपालिकामा सात जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेबाट मेयरका उम्मेदवार नारायणसिंह भण्डारी विरुद्ध दुईजनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए । भण्डारी पाटन नगरपालिकाकै लेखापरीक्षकको रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको छ । यस्तै वडा सदस्यका उम्मेदवारहरु हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको शिवनाथ गाउँपालिकामा पनि एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडा अध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

रसुवा – रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी परेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठ जना विरुद्ध उजुरी परेको हो । आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो । सोही गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले, कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका छन् । यस्तै तीन सदस्य पदका लागि पनि उजुरी दिएको उनले बताए । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारले उजुरी हालेका छन् । कांग्रेसबाट उम्मेदवार…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सम्झौता भएको हो । उक्त्त सम्झौता पत्रमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज बुधबार आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेको जनाइएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् । राष्ट्र बैंकको ६७ औं वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले सुनाए । उनले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको जनाकारी दिए । बाह्य क्षेत्रबाट अर्थतन्त्रमम परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनको भनाइ छ । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु…

Read More

काठमाडौं – सरकारलेमन्त्रिपरिषद बैठकका १९ निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरु: ओ

Read More

तनहुँ– टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ । धारामा दैनिक पानी नआउने र…

Read More

काठमाडौं – सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हाे । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

Read More