Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । विमानस्थलमा त्यस्तो शंकास्पद वस्तु फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पुष्टि भएको हो । ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र…

Read More

काठमाण्डौं – चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । थप शक्ति परिचालन गरेर सो बाघलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले जानकारी दिए। बाघ…

Read More

काठमाडौँ- निर्वाचन आयोगले शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएको छ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाेमा हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए । आयोगले आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शङ्कास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडान बन्द गरिएको छ । आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ भने अन्तर्राष्ट्रिय उडानहरु जारी रहेका छन् । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

Read More

नवलपुर – पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाकी पालिका प्रमुख पदका लागि कांग्रेस उम्मेदवार लक्ष्मी पाण्डेमाथि सांघातिक आक्रमण भएको छ । हुप्सेकोटको वडा नं. ४ को चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा एमाले उम्मेदवार चेत बहादुर राणाका पारिवारिक सदस्य उनका भाईसहित एमाले कार्यकर्ताहरूले भौतिक आक्रमण गरेको स्थानीय कांग्रेस कार्यकर्ताले बताए । पाण्डे झ्यालबासबाट चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा हमला भएको जनाइएको छ । आक्रमणबाट पाण्डे सामान्य घाइते भएकी छिन् भने उनी सवार गाडी क्षतिग्रस्त भएको छ । आक्रमणकारीले छड, लाठी, भाला, खुकुरी लिएर आएको हुनाले ज्यान नै लिने उद्देश्यसहित आएको पनि ती कार्यकर्ताले दाबी गरे । निर्वाचन प्रचार प्रसारका क्रममा रहेकी…

Read More

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत अवस्थामा फेला परेको छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डे होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरि होटललाई सील गरि अनुसन्धान भइरहेको छ ती युवकको मृत्युको कारण भने खुल्न नसकेको डीएसपी शाहलो जानकारी दिए ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशका प्रमुख १० शहरमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ । वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रूपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा…

Read More

नेपालगञ्ज- बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङको जयपृथ्वी नगरपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो। सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार…

Read More

काठमाडौं- गायक राजु लामाले विश्वको सबैभन्दा अग्लो स्थानमा गाएर विश्व रेकर्ड बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गर्दै विश्व रेकर्ड कायम गरेका हुन् । उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाएको बाएका छन् । उनका अनुसार ३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । ‘यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन्,’ उनले भने, ‘मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ ।’ त्यहाँ पुगेर गीत गाउनुको मुख्य उद्देश्य भनेको विश्वलाई संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु रहेको…

Read More

मुम्बई- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ । मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए । यस्तै, रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा…

Read More