Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् । ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’ वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट…

Read More

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए । यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् । यस्तै अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् । उनीहरु दुवैजना एमालेका उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिएका छन्।

Read More

तनहुँ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे । ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने । गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोग शालामा गरिएको ३ हजार २२२ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा २७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छैनन् । मन्त्रालयका अनुसार गत २४ घन्टामा २९ हजार ५ सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै अहिले देशभर २२१ सक्रिय संक्रमित रहेका छन् ।

Read More

कैलाली- दुई जना मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा विवाहित जोडी मृत अवस्थामा भेटिएका हुन् । बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अमरले अस्मितासंग दोस्रो विवाह गरेर गत चैतमै बझाङबाट कैलाली आएका थिए । केहीदिन आफन्तसंग बसेका उनीहरु चैत २६ गते घुम्न जानेर भनेर घरबाट निस्केका थिए । घरबाट निस्केपछि उनीहरु सम्पर्कविहीन भएका थिए । खोजीकै क्रममा आइतबार उनीहरु जंगलमा मृत फेला परेको डीएसपी…

Read More

काठमाडौं – राप्रपा नेपालले कृषि मल तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकोले किसानहरुका माझ कृषि मल तत्काल उपलब्ध गराउन आग्रह गरेको छ । त्यस्तै बैठकले दैनिक उपभोग्य वस्तुहरुको आकासिएको मूल्यवृद्धी तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर आम जनतालाई राहत प्रदान गर्न अनुरोध गरेको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएलगत्तै प्रतिस्पर्धी एआईजी रवीन्द्र धानुकले बधाई दिएका छन् । सरकारले सिंहलाई आईजीमा नियुक्त गरेपछि धानुकले सामाजिक सञ्जालमा बधाई भन्दै, ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको रुपमा सहकर्मी मित्र धीरजप्रताप सिंहलाई हार्दिक बधाई ! गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशिल नेतृत्वको लागि शुभकामना ।’ लेखेका छन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । क्षेत्रीलाई आज दिँउसो ४ बजे प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम आयोजना गरिएको छ । यससँगै धिरजको नियुक्तिसँगै एआईजीद्वय विश्व पोखरेल…

Read More

दार्चुला – स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामाग्री गाउँ पठाउने तयारी गरिदै छ । निर्वाचनको लागि चाहिने आवश्यक सामाग्री जिल्ला आइपुगेका कारण समान चेकजाँच गरि प्याकिङको काम भइरहेको छ । बैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन मतदान केन्द्रमा आवश्यक सामाग्री पुर्याइ सकिने जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताउनुभयो । मतपेटिकासहित आवश्यक निर्वाचन सामग्रीहरु खलंगा ल्याइएको छ । अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ । जिल्लाको लागि यो पटक एक सय नयाँ मतपेटिका ल्याइएको छ । यसअघि जिल्लामा ५ सय बढि मतपेटिका सुरक्षित रहेको धामीले बताउनुभयो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा…

Read More

काठमाडौं – आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए ।प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी चयन गरेको हो ।दैलेखका बासिन्दा सिंहको जन्म २०२४ सालमा भएको थियो । उनले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।उनी २०४९ चैतमा नेपाल प्रहरीमा निरीक्षक पदमा प्रवेश गरेका थिए । आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरे पनि उनी वैकल्पिक सूचीमा परेका थिए । उनको कार्यकाल करिब १ वर्ष हुनेछ ।…

Read More