Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।  एपीएफको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

Read More

धनगढी: बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो। जिपमा चालक थापा मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस अगाडि पनि बिहीबार राति नै बझाङमा एउटा दुर्घटना भएको थियो। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेनामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४जनाको ज्यान गएकोमा फेरि अर्को…

Read More

काठमाडौं: नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्। तर यस अगाडिदेखि नै वरिष्ठताको सूचीमा पहिलो नम्बरमा भएका…

Read More

धनगढी: बझाङमा फेरि अर्को दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार बझाङको मष्टा गाउँपालिकामा फेरि अर्को जीप दुर्घटना भएको हो। बिहीबार राति दुर्घटना हुँदा चालक धर्म थापाको मृत्यु भएको खबरपछि अहिले प्रहरी टोली खटिईगएको डीएसपी भण्डारीले बताए। दुर्घटनाको विस्तृत विवरण भने आएको छैन। प्राप्त प्रारम्भिक विवरणअनुसार, जीप दुर्घटनाका कारण चालकको घटनास्थलमै मृत्यु भएको हो। यस अगाडि आजै जिल्लाको तलकोट गाउँपालिकास्थित धमेनामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४जनाको ज्यान गएको थियो। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुरकी छोरी ६ वर्षीया छोरी आकृति…

Read More

धनगढी: बझाङको तलकोट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुरकी छोरी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ। बमबहादुरकी छोरीको भने उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उतै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ…

Read More

धनगढी: बझाङमा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको सनाखत भैसकेको छ। यस्तै दुर्घटनामा परेर १ बालिका गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। दुर्घटनामा बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति धामी गम्भीर घाइते भएकी छन्। से १ ज ८४३ नम्बरको…

Read More

धनगढी: बझाङमा बिहीबार राति जिप खसेर दुर्घटना भएको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। सेती से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घटनास्थलमै चालक ३३ वर्षीय सम्शेर मल्ल र अन्य दुई जनाको ज्यान गएको छ। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। दुर्घटनामा परेकी एक बालिका गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। उनकी अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्। जीपमा…

Read More

काठमाडौं: नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग, महाराजगंजमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका गिरीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार यो सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरिएको हो। यस्तै, आजै जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा पाँच एसएसपीलाई बढुवा सिफारिस गरिएको छ। डीआईजीमा बढुवा सिफारिस भएका अधिकारीहरूमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलिया रहेका छन्। एसपीबाट प्राविधिकतर्फको एसएसपी बढुवा गरिएकोमा जनपदतर्फ भने रिक्त…

Read More

काठमाडौं: नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ। सिफारिस गरिएको सूची मन्त्रिपरिषद्को अनुमोदनपछि कार्यान्वयनमा आउनेछ। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम…

Read More

काठमाडौं: काठमाडौँको गौशालास्थित होटलमा हिजो मृत भेटिएकी युवतीको हत्या भएको खुलेको छ।  कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का हिजो बागमती होटलको कोठा नं ३०८ मा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या प्रेमी देवबहादुर थापाले गरेको निश्कर्षमा प्रहरी पुगेको हो।  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाउन उनीहरु मंगलबार बिहान होटलमा गएका थिए। होटल पुगेको केहीबेरमा थापा कोठामा ताला लगाएर एक्लै निस्किएका थिए। लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे। साँझ ढोका खोलेर हेर्दा बेडमा सुस्मिताको शव भेटिएको थियो। शवको छेवैमा रेडबुलको बट्टा पनि भेटिएकाले नशालु…

Read More