Author: महेन्द्रनगर पोष्ट

धनगढी : भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ । जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो । लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो । एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ । गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन् । एसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया,नरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे चलखेलमा लागेका छन् । उनीहरुमध्ये एसपी सन्तोष तामाङ खर्च गरेरै तराईको जिल्ला जाने दाउमा लागेको स्रोत बताउँछ । यसअघि रसुवामा कार्यरत रहँदा सुन तस्करीमा समेत…

Read More

धनगढी : अछाममा ८ जना जुवाडे पक्राउ परेका छन । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ को एक घरबाट जुवा खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । कमलबजार नगरपालिका २ को एक घरमा बुधवार जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ५१ हजार ९ सय ७५ नगद र २ गड्डी तास सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जुवाखालबाट स्क्रिन टच मोबाईल ८ वटा र १ थान सादा मोवाईल समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा कमलबजार ४ का ३७ वर्षका खड्क बिष्ट वर्ष ४५ का मन बहादुर चलाउने,वर्ष ४३ का नरेन्द्र ढकाल, वर्ष २६ का प्रेम नेपाली ,वर्ष ३०…

Read More

काठमाडौं: काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण भैरहवा डाइभर्ट भएको छ। पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ। साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो। तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो। वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन्। अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन, विनियोजन नियमावली र बजेट समयमै ल्याउन नसक्दा जनताले त्यसको मार व्यहोरीरहेका छन्। सरकारको कमजोरीको मार प्रत्यक्ष नागरिकलाई परेको हो। तत्कालीन समयमा दस्तुर तिर्न गएका सेवाग्राहीलाई फर्काएको यातायात कार्यालयले अहिले दोब्बर शुल्क लिइरहेको हो। सेवाग्राहीले जरिबाना तिर्नुपर्ने अवस्था आएपछि यसलाई सरकारको नालायकीपन भनेका छन्। असार १ गते बजेट ल्याएर असारमसान्तभित्र पारित गर्न नसक्दा प्रदेशका विभिन्न यातायात कार्यालयमा सवारीसाधन नवीकरण, सवारी जाँचपास र बाटोको इजाजत नवीकरण गर्नुपर्दा तोकिएभन्दा दोब्बर दस्तुर तिर्नुपरेको छ। प्रदेश सरकारले आर्थिक ऐन, विनियोजन ऐन र बजेट पारित नगर्दा साउन १ गतेदेखि २४ गतेसम्म नवीकरणको अन्तिम मिति भएका सवारी…

Read More

धनगढी: भारतको उत्तराखण्ड हुँदै नेपालस्थित कञ्चनपुरको महेन्द्रनगरबाट लागुऔषध (ड्रग्स) को तस्करी हुने गरेको पाइएको छ। उत्तराखण्डको उद्यमसिंह नगरस्थित खटिमामा त्यहाँको प्रहरीले हालै एक अपरेसनमा ड्रग्सको ठूलो कारोबारी समूह समातेपछि सो तथ्य खुलेको हो। विशेष: भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट नाका कटाएर नेपालमा ड्रग्स सप्लाई गर्दै तस्करी हुने गर्दछ। सोही क्रममा अस्ति नेपाल सप्लाई गर्नका लागि राखिएको ४ करोड ५० लाख भारु बराबरको (१ केजी ५२७ ग्राम) ड्रग्स प्रहरीले समातेको छ। जसमा साढे ४ करोडको स्म्याक, १ पेस्तोल, ६ थान कारतूससहित एक गाडीसमेत बरामद गरिएको हो।खटिमामा सो कारोबारमा संलग्न २ जना मान्छेलाई पनि प्रहरीले समातेको जनाएको छ। त्यहाँको एसटीएफका वरिष्ठ प्रहरी उपरीक्षक…

Read More

धनगढी: बैतडी घर भएका एक पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ। मंगलबार जिल्लाको सुर्नया गाउँपालिका- ५ कारिकोट, धुलिधार घर भएका ४६ वर्षीय पूर्व प्रहरी रघुविर बिष्टको मृत्यु भएको हो। उनी नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी हवल्दार हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्। गत महिनाको ३० गते दिउँसोको समयमा धनगढी उप-महानगरपालिका वडा नं. ०१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनगढी उप-महानगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन्। अस्ति २ गते पक्राउ परेका उनी धनगढी नमुना प्राविधिक माध्यमिक बिद्यालयका शिक्षक हुन्। उनीलाई आफैंले पढाउने स्कुलको १७ वर्षकी बालिका (बिद्यार्थी) लाई बोलाई बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा समातिएको हो। अहिले उनीमाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा सत्ताधारी दलका माननीय नै प्रदेश सभामा झोक्किएका छन्। आज बसेको प्रदेश सभा बैठकमा सत्ता पक्षका सांसदहरूले विरोध तथा नाराबाजी गरेका हुन्। सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित हुँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रोस्टम अगाडी आएर नाराबाजी गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले रोस्टम मै उभिएर अहिलेको ऐन समावेशी नभएको भन्दै आफूले विरोध गर्ने बताएका थिए। ‘समावेशिताको विषय उल्लेख गरिएको छैन। यो कुरा गलत भएको छ। यसलाई संशोधन गर्नु पर्छ।’ उनले भनेका थिए। विपन्न खस आर्यलाई कोटा बढाएको भन्दै उनले विपन्न खस आर्य मात्रै नभएको , गरिब कमैया…

Read More

धनगढी : नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कलेन्द्र बिक्रम शाही अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण डीएसपी शाही अनिवार्य अवकाशमा गएका हुन् । उनी २९ बर्ष ५ महिना ३ दिन सेवा गरी आजबाट बिदा भएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले बिदाइ गरे । सो अवसरमा डीआईजी केसीले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्‍याएको योगदानको उच्च कदर स्वरुप डीएसपी शाहीलाई मायाको चिनोसमेत प्रदान गरे । साथै नागरिक जीवनमा पनि समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न…

Read More