Author: महेन्द्रनगर पोष्ट

धनगढीः एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले काम ठप्प छ। केन्द्रका लागि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा काम ठप्प बन्न पुगेको हो। नगरपालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत ६० करोडको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारेको थियो। तर जग्गा नै नपाइएपछि बाँकी काम ठप्प हुन पुगेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए। योजना निर्माणका लागि छनोट गरिएका स्थानमा अवरोध हुँदै आएपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित हुन पुगेको उनले बताए। एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला…

Read More

धनगढी : नेपाल प्रहरीका प्राबिधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) निलम बहादुर भण्डारी अनिवार्य अवकाशमा गएका छन् । उनी ३० बर्षे सेवा अवधि पुरा गरी आइतबारबाट अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५१ साल भदौ १ गते प्रहरीमा भर्ना भएका थिए । आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले मायाको चिनोसहित इन्स्पेक्टर भण्डारीलाई बिदाइ गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै डीआईजी केसीले निरन्तर रूपमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै ३० वर्ष लामो अवधिमा संगठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै नागरिक जीवनमा पनि वर्दी विनाको प्रहरीको रूपमा समाजमा शान्ति, सुरक्षा र अमन…

Read More

धनगढी: धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। आज (आइतबार) धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन्। अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर: नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्धन्द्ध फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन्। नेकपा (एमाले) बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताए। ‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उनले भने। पार्टीको जिल्ला र नगर अधिवेशनहरु सर्वसम्मत ढंगले गर्न सफल भएको उनले बताए। ‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटव्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालतर्फ हेर्दै रावलले भने, ‘हामीले जवाफ दियौं,…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित होली फेमिली बोर्डिङ स्कुलका १४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ। गत शैक्षिकशत्रको परिक्षामा परीक्षा दिएका १४ जनाको नतिजा रद्द गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले १४ जनाको नतिजा रद्द गरिएको जनाएको छ। त्रुटिपूर्ण उत्तरपुस्तिका आएकाले नतिजा रद्द गरिएको बताइएको छ। स्रोतका अनुसार सो स्कुलबाट कक्षा १२ को परीक्षा दिएका १४ जना विद्यार्थीको अंग्रेजी, अर्थशास्त्र र लेखा विषयको उत्तरपुस्तिका हरेकमा एकै व्यक्तिले उत्तर लेखिदिएको फेला परेको थियो। सो क्रममा अक्षर भिडाउँदा ती विषयका उत्तरपुस्तिकामा अक्षर हुबहु फेला पारिएपछि ती सबै विद्यार्थीको नतिजा रद्द गरिएको बताइएको छ।

Read More

काठमाडौं: पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आजदेखि भारतको औपचारिक भ्रमण थाल्दैछिन्। समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा राणा पाँच दिने भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी बिहिबार फर्कने तालिका छ। परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भने पाँच दिन दिल्ली बस्दा जम्माजम्मी एक जनासँग भेटवार्ता गर्ने उल्लेख छ। गत साता दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिदेखि आफ्ना नेपाली समकक्षीसम्म गरेर झण्डै एक दर्जनसँग औपचारिक भेट गरेका थिए। एजेण्डाबिना काठमाडौं आएका भनिएका मिस्रीले विदेशमन्त्री जयशंकरको निम्तो मन्त्री राणालाई हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उल्टै प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन आग्रह गरेका थिए। मन्त्रालयका एक जना…

Read More

काठमाडौं : सरकारले पशुपतिनाथ मन्दिरको कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । शुक्रवार कोटीहोमका आयोजक विजयकृष्ण मूर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न जाँदा प्रहरीविरुद्ध नाराबाजी र हुलहुज्जत भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा शनिवार सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा रहेका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल सदस्य–सचिव…

Read More

धनगढी : धनगढीबाट मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले लिएको जानकारी अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की ३५ वर्षिया रन्जना चौधरीलाई उनका श्रीमानको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर गङ्गादत्त बडुले बताए। महिलासँगै पक्राउ परेका सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरीलाई भने आफन्तको जिम्मा लगाउने तयारी भईरहेको छ। ‘महिलाको घरमा असमझदारी रहेछ, युवक र उनको सामाजिक सञ्जालबाट कुराकानी हुँदो रहेछ, काठमाण्डौंसम्म जान खोजेको पाईयो, श्रीमान आफैले लगेपछि मुद्धा चलाउनु परेन,’ इन्सपेक्टर बडुले भने। शुक्रबार दिउसो १: ०५ बजेको…

Read More

धनगढीः कैलालीमा सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते घाइते भएका छन्। जिल्लाको देवीदल गण अत्तरियामा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन। उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ। घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

बझाङ : प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार चैनपुरमा भएको छ । वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा प्रगतिशिल युवा समाजका…

Read More