Author: महेन्द्रनगर पोष्ट

काठमाडौैं-गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्। शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन। पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुग्नुभएका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको । गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिए।

Read More

बारा- वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन्, ‘तपाईहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।’ राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग…

Read More

डडेल्धुरा- अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा सम्मानित भएका छन्।ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय राजयोग केन्द्र डडेल्धुराको समन्वयमा विश्वविद्यालयबाट डडेल्धुरा पहिलो श्रेणीमा उत्तीर्ण भएको भन्दै ओझालाई सम्मानित गरिएको हो। शनिबार डडेल्धुरामा एक समारोहकाबीच नगरप्रमुख ओझाले योगा र शिक्षाको महत्व विषयमा स्नातकोत्तर पास गरेका छन्। ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाले एक कार्यक्रमकाबीच नगरप्रमुख ओझालाई स्नातकोत्तरको प्रमाण पत्र हस्तान्तरण गरेको छ। प्रमाण पत्र हस्तान्तरण गर्दै नगरप्रमुख ओझाले आफूले २०७६ साल मंसिरबाट अध्ययन सुरु गरेको बताए। विश्वविद्यालय डडेल्धुरा शाखाको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राजनीतिक दल, समाजसेवीलागयको सहभागीता थियो।

Read More

जुम्ला – जुम्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो। सो अवधिमा म्यादीका लागि पाँच सय ३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो।’ तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ। उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा…

Read More

सर्लाही-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आज दिउँसो आगलागी हुँदा १४ घर जलेका छन्। स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए। दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाइएको थियो।

Read More

पर्सा-प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ। यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शनिबार अपरान्ह पर्साको पकहामैनपुर गाउँपालिका भएर उनीहरुले हात्ती भारत तर्फ लगिरहेका थिए। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका जितपुर बस्ने बुदिराम महतो रराजु कुमाल रहेका छन्। दुबै माउते हुन्। प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने जनाएको छ ।

Read More

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुधार्न नसकेको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले सुधार्न नसकेको टिप्पणी गरेका हुन्। माओवादीलाई पखालेर बागमती नै मैलिएको टिप्पणी गर्दै उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो। मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा। मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है।’त्यस्तै उनले युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको पनि बताएका छन्।…

Read More

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरि पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो।

Read More

काठमाडौं -नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ। शनिबार नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए। बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो। समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो।

Read More