Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीस्थित एक होटलमा प्रहरीले छापा हानेको छ। धनगढी उपमहानगरपालिका-२ चौराहस्थित जोगबुढा होटलमा प्रहरीले छापा हानेको हो। हिजो बिहीबार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले छापा हानेकोमा ३ जनालाई पक्राउ गरिएको हो। प्रहरीले होटलकी मालिक ४७ वर्षीया इन्द्रा खड्का, अछाम घर भएर हाल धनगढी बस्दै आएकी १९ वर्षीया युवती पार्वती र भारतको गोरखपुरका २३ वर्षीय युवक राहुल चौहानलाई समातेको हो। होटलमा अनैतिक क्रियाकलाप गरिरहेको बेला उनीहरूलाई समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । विगत लामो समयदेखि किशोरीहरुमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ । विद्यालय उमेरका केही किशोरीहरु एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिने गरेका छन् । दिनैपिच्छे किशोरीहरुको समुह एकैसाथ यस्तो लक्षण देखाउदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ । दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको छ । ‘दिनदिनै किसोरीेहरु काम्ने गरेका छन्, लछारपछार गर्छन, केही लडेर घाइते समेत भए, यस्तो समस्या देखिएपछि पढाइ…

Read More

धनगढी : वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो । वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै ५० लाख रुपैयाँभन्दा रकम असुलेको बुझिएको छ ।

Read More

धनगढीः धनगढीमा रहेको एक होलसेल पसलमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ। बिहीबार राति धनगढी उपमहानगरपालिका–४ मा रहेको जिएस ट्रेडर्समा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको हो। विद्युत सर्ट भएर आगलागी भएकोमा राति साढे ९ बजे दुई दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो। विद्युतको तार सर्ट भएर आगलागी भएपछि होलसेल पसल जलेर खरानी भएको बताइएको छ।

Read More

धनगढी: कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ। बिहीबार राति ११ बजेको समयमा कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको हो। कलश चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका–४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनाबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ। दुबैजना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

काठमाडाैं: मकवानपुरमा १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन्। मकवानपुरस्थित प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान २४ वर्षीय सन्तोष बोट बलात्कार आरोपमा पक्राउ परेका हुन्। कञ्चनपुर घर भएका उनीविरुद्ध ८ कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए। उनी १६ जेठमै पक्राउ परेका थिए। उनले अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा प्रहरी चौकीको भान्सा कोठामा लगेर जवानटले पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। अहिले घटना अदालतमा पुगेको छ।

Read More

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।  बिहिवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो । 

Read More

काठमाडौं : मन्त्रिपरिषदको बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने  बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह चार बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्। आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ। हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएका छन्। बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो। गत जेठ २४ मा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी…

Read More

मुकेश स्याडा : विशेष उद्देश्य प्राप्तिको लागि गरिने दिगो परिवर्तनलाई अग्रगामी परिवर्तन भनिन्छ। राजनीति भनेको कुनै पनि देशमा चलेको शासन व्यवस्थालाई देश र जनताको पक्षमा हित हुने गरी राज्य सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रक्रिया हो। तर, आजकल राजनीतिलाई व्यवसायीकरण गरिएको पाइन्छ। जनताको विकासभन्दा पनि व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ। विकास भनेको केवल सडकमा टिप्पर र डोजरको प्रदर्शन, पुल बनाउनु, नाला बनाउनु, बाटो बनाउनु, र खानेपानी तथा बिजुली पुर्‍याउनु मात्र होइन। केही ठाउँमा त यिनै आधारभूत सुविधाका लागि पनि वर्षौ गुहार्नु पर्छ। सामाजिक रुपान्तरण र सामाजिक न्याय बिना भौतिक विकास अधुरो हुन्छ। यसले प्रगतिशील समाज निर्माण नगरी…

Read More

काठमाडौं : राजदूतको भागबण्डाबारे सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको छ । बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे सहमति जुटेको हो । स्रोतका अनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ । यसअघि फिर्ता बोलाउँदा माओवादी निकटका राजदूतलाई छाडिएकाले अहिले एमालेले बढी भाग पाउने गरी सहमति गरिएको बताइएको छ । जेठ २४ मा…

Read More