Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ । गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा…

Read More

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५९ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ८४२ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरूलाई राष्ट्रपति भण्डारीको आग्रह थियो । काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने र जैविक विविधताहरूको रक्षा गर्ने कार्यमा पनि…

Read More

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । मलेशिया, पपुवान्युगिनी र नेपाल सम्मिलित सिरिजको फाइनलमा नेपालले पपुवान्युगिनीलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको १६८ रन पछ्याउने क्रममा पपुवान्युगिनी ११८ रन बनाउँदा अलआउट भए पछि नेपालले उपाधि हात पारेको हो । नेपालले सिरिजमा अपराजित रहँदै सिरिजमा कब्जा जमाएको हो । फाइनल खेलमा दिपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट प्रदर्शनले नेपालले जित हात पारेको हो । टस हारेर ब्याटिङ गरेको खेलमा दीपेन्द्रले नटआउट ५४ रन बनाए भने करण केसीले ३३ रन बनाएका थिए ।…

Read More

अमेरिका – अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ । मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ ।

Read More

किभ – आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । ‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ ।रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ । रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस्तो छ सूचीः

Read More

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव बैंक्ले पारित गरेको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको हो। सो सभाले आइतबार सम्पन्न सञ्चालक समितिको ५१२ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त…

Read More

काठमाडौँ – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च जानुअघि उनीहरूले बढुवा विरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर…

Read More

कञ्चनपुर – भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।

Read More