Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – त्रिकोणात्मक टी २० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपाललाई मलेसियाले ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसायका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन…

Read More

काठमाडौं – यही चैत २५ गतेदेखि फेरि अर्को लघुवित्तको आइपीओ आउने भएको छ । उपकार लघुवित्तको आइपीओ चैत २५ गते निश्काषन हुने भएको हो । धितोपत्र बोर्डले चैत २५ गतेदेखि सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । उपकार लघुवित्तको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन हुन लागेको छ जसमा (५ % ) ११ हजार ८१३ कित्ता सामुहीक लगानी कोष र ९०.५५ ० ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले २ लाख २१ हजार १५६ कित्ताका लागि आवेदन दिन…

Read More

एजेन्सी – उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो । ‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने । ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही…

Read More

काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुइटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्‍याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो…

Read More

काठमाडौं – चैत ८ गतेबाट निष्काशन खुल्ला गरेको ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आइतबार चैत २० गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक रहेको लक्ष्मी क्यापिटलले आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । यसको प्री–अलोटमेन्ट चैत १५ गते मंगलबार सम्पन्न भइसकेको छ । मागभन्दा ९.०२ गुणा बढी आवेदन परेको हुनाले भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले मात्र यस आइपीओ हात पार्ने र बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुने जनाइएको छ । यसमा कुल २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।…

Read More

काठमाडौं – सिन्धुपाल्चोक स्थित चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउमा श्रीमतीलाई घरायसी वादविवादको क्रममा हत्या गरेको आरोपमा मंगलबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय मेख बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्रेको हो । तामाङले चिर्पट र ढुङ्गा प्रहार गरी ४४ बर्सिया श्रीमती सुकुमाया तामाङको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी वादविवादको क्रममा तामाङले श्रीमतीलाई चिर्पट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका…

Read More

काठमाडौं –  नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् । बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् । ‘चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने । उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाट नै अन्य पार्टीलाई गाली गर्दै…

Read More

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । हाल भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल छिन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदै छ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग जिज्ञासा राखेपछि उनले यो अभिब्यक्ति दिएका हुन् । प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए । त्यसका लागि बिहीबार गठबन्धनको बैठक बोलाइएको उनले बताएका छन् । ‘महानगरपालिका र उपमहानगरपालिकालाई सकेसम्म केन्द्रबाट नै तालेमलबाट गर्ने भन्ने छलफल चलिरहेको छ ।…

Read More