Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताए। सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन् । सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाए। नयाँ श्रम ऐनमार्फत श्रमजीवी…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले हालै हुन गइरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग…

Read More

नेपालगञ्ज – स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए । बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका…

Read More

काठमाडौं – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचनका लागि जिल्लागत रुपमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन्।त्यसैगरी  भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ।सबै जिल्लाका नमुना मतपत्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस….https://election.gov.np/np/page/sample-ballot

Read More

काठमाडौं – साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – देशको प्रमुख दुई सुरक्षा निकायले नयाँ नेतृत्व पाउँदैछ । १ महिनाभित्रैको अवधिबाट दुईपटक बढुवाको अवसर पाएका दुई प्रहरी अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने सम्भावना देखिएको छ । दुवै संगठनका वर्तमान आईजीहरु ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि बहालवाला एआईजीमध्येबाट आईजी बढुवा हुने भएको हो । नेपाल प्रहरीमा ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) रहे पनि बसन्त पन्तले आजै अवकाश पाउने भएपछि आईजीको प्रतिस्पर्धामा विश्व पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक रहेका छन् । तर, यी चार मध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी सेवा प्रवेशदेखि नै उत्कृष्ट अधिकारीका रुपमा ख्याति कमाएका धिरजप्रताप…

Read More

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताउनुभएको छ । “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र…

Read More

इलाम – इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त शव स्थानीय बिनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार शव गाडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । कसैले हत्या गरेर शव गाडेको हुनसक्ने देखिएकाले प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएकोे जनाएको छ । शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

Read More

गुल्मी – शारीरिक अशक्त भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका २ की अन्दाजी ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय झुपे सार्कीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । सार्कीले वैशाख १५ गते दिउँसो तिलारास्थित एक घरमा जबरजस्ती करणी गरेको उजुरी परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको खरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौँडा जाँदै छन् । एमाले मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौँडा जान लागेका हुन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ । आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

Read More