Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुधार्न नसकेको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले सुधार्न नसकेको टिप्पणी गरेका हुन्। माओवादीलाई पखालेर बागमती नै मैलिएको टिप्पणी गर्दै उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो। मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा। मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है।’त्यस्तै उनले युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको पनि बताएका छन्।…

Read More

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरि पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो।

Read More

काठमाडौं -नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ। शनिबार नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए। बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो। समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो।

Read More

काठमाडौं-नेपाल भ्रमणमा रहेका चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग केही बेरअघि भेटवार्ता गरेका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर वाङले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। यस क्रममा चीन सरकारद्वारा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थल निर्माण सम्पन्नको साँचो हस्तान्तरण गरेका हुन्।

Read More

दार्चुला- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते हिजो सम्म दरखास्त दिने समय तोकेको थियो। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा जम्मा ७ सय ४२ जना म्यादी प्रहरीको कोटा छ तर जिल्ला प्रहरी कार्यालय दार्चुलामा झण्डै दुई हजार जतिले म्यादी प्रहरीमा आवेदन दिएका छन। हाल सम्म जिल्लामा १ हजार ९९८ जनाले म्यादीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए। जिल्लमा देखियोका यो भिडेले म्यादी प्रहरीका लागि देखिएको यो भीडले नेपालको बेरोजगारीलाई चित्रण गरेको छ। नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको…

Read More

काठमाडौँ-दोस्रो एकदिवशीयमा ३ विकेटले पराजित भएपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँगको दुईदेशीय शृंखला २–० ले गुमाएको छ। नेपालले शुक्रबार पहिलो खेलान ६ रनको हार ब्यहोरेको थियो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ४८।३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।

Read More

बर्दिया-यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो। एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए।

Read More

कैलाली- त्रिभुवन आर्मी क्लबले धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि हात पारेको छ। आज शनिबार बिहान भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख चित्त बुझाएको छ। यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ। तेस्रो हुने गण्डकीले एक लाख पाएको छ भने चौथो स्थान हासिल गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

Read More

गलकोट – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन्। उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताए। नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए। “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,” मन्त्री पौडेलले भने। उनले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच चुनावी गठबन्धनलाई लिएर कुराकानी भइरहेको छ । शनिवार (आज) काठमाडौँमा आयोजित कार्यक्रममा दुवै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने काँग्रेसको हालत पनि भारतको काँग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका छन् । काँग्रेस सभापति देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । उनले भने, ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौँ भन्दा फेरि मिलिदिए भने नि ? उहाँहरू मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔँ के…

Read More